प्रचण्डले संविधान संशोधन प्रस्ताव ल्याए विपक्षमा मत हाल्छुः टोपबहादुर रायमाझी

इनेप्लिज २०७३ मंसिर ११ गते १:०५ मा प्रकाशित

topbahadur-rayamajhi

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संविधान संशोधन प्रस्ताव असफल हुने बताएका छन् । विहिबार साँझ बीबीसी नेपालीसँग कुरा गर्दै रायमाझीले भने- ‘संविधान संशोधन र संघीयताको पक्षमा रहँदा रहँदै पनि जन चाहनाविपरित म जान सक्दैन् । अहिले चर्चामा आएको संशोधन प्रस्ताव जनहित र राष्ट्रहितमा छैन् ।’ विपक्षी र आन्दोलनरतसहित सबै पक्षसँग सहकार्य गरेर संशोधन प्रस्ताव आउनुपर्ने भन्दै प्रस्ताव पारित हुन दुई तिहाई मत चाहिने बताए । ‘जनभावना विपरित आएको संशोधन प्रस्तावको म विपक्षमा उभिन्छु । यो दुर्भाग्य निर्णय हुनेछ,’ उनले भने ।

पूरा अन्तर्वार्ता यसप्रकार छः

टोपबहादुरजी तपाई माओवादीमै हुनुहुन्छ की एमालेमा प्रवेश गरिसक्नुभयो ?

कसले भन्यो तपाइलाई एमाले प्रवेश गर्यो भनेर ! अब माओवादीले ल्याउन लागेको प्रस्तावको विरोध गर्नलाई विपक्षी (एमाले)ले आयोजना गरेको मञ्चमा गएर तपाईले उनीहरुलाई नै बल पुग्नेगरी आफ्नो पार्टीबाट विपरित कुरा गर्न मिल्छ त ? होइन् । त्यसमा म मात्र गएको थिएन् । अन्य पार्टीका नेता पनि गएका थिए । र अहिले हाम्रो पार्टीले आफ्नो कुनै आधिकारिक धारणा बनाइसकेको छैन् । र संविधान संशोधनको कुरा उठिसकेको छ र म संविधान संशोधनको पक्षमा रहँदा रहँदैपनि संघीयताको पक्षमा रहँदा रहँदैपनि अहिले संविधान संशोधनको जो हल्ला चलिरहेको छ र छलफल चलिरहेको छ त्यसमा सबै राजनीतिक दलहरु, सबै सभासदहरुसँग र आन्दोलनकारी शक्तिहरु मधेसी दलहरुसँग समेत पनि सहकार्य गरेर एउटा म्यान्डेट बनाएर जहाँसम्म आन्दोलनकारीका मागहरु छन् त्यसमा कहाँनेर सहमति हुनसक्छ भन्ने कुराको एउटा टुंगो लगाएरमात्रै संविधान संशोधनमा जानुपर्छ । संविधान संशोधन गर्नका लागि दुई तिहाई बहुमत चाहिन्छ । र दुई तिहाई बहुमतका लागि सहकार्य चाहिन्छ । सहमति चाहिन्छ । सहमतिविना संशोधनको प्रस्ताव ल्याएर त्यो कहाँनेर के हो भन्ने स्पष्ट नभई संशोधन प्रस्ताव पारित गर्न गाह्रो हुन्छ ।

तपाई संशोधन प्रस्तावको लागि सहमति चाहिन्छ भन्ने पक्षधर हो कि अहिले प्रधानमन्त्रीले छलफलमा ल्याएको भनिएको पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई टुक्राउने कुराको विरोधी हो ?

पहिलो कुरा त संविधान संशोधनका लागि सहमति चाहिन्छ । र आन्दोलनकारीका मागहरुलाई पनि हामीले संशोधन गर्नका लागि प्रयास गर्नुपर्छ । जहाँ उनीहरुका माग छन् जहाँसम्म पाँच नम्बर प्रदेशको चर्चा चलिरहेको छ समस्याहरु एकातिर छन्, आन्दोलनकारीका माग एकातिर छन् अकौतिर गएर माग नभएको र समस्या नरहेको सहमति गरेर बसिरहेको ठाउँमा ल्याएर संशोधन गर्न खोज्यो भने त्यसले समस्या हल गर्नुभन्दा समस्या जन्माउँछ भन्ने मेरो धारणा हो ।

त्यसो भए तपाईकै पार्टीका अध्यक्ष प्रधानमन्त्रीले पाँच नम्बर प्रदेशका जिल्लालाई टुक्राउने कुरा किन गरेका होलान ?

मलाई आधिकारिक रुपमा जानकारी छैन् । छलफलका विषयहरु हुन् । तर, सहमतिको विषय हो जस्तो मलाई लाग्दैन् । म पनि कहिलेकाँही बैठकमा बसेको छु जहाँसम्म अहिले पाँच नम्बर प्रदेशको पहाडी जिल्ला र मधेस तराईका जिल्लालाई फुटाउन खोज्ने माग चाँहि आन्दोलनकारीको पनि होइन् र त्यहाँ जनताहरुको सहमति छैन् र त्यो चर्चा भएपनि त्यहाँका जनताहरु स्वतस्फूर्त आन्दोलनमा लागिरहेका छन् सम्पूर्ण पार्टी । त्यही त यो कुरा आएर त्यहाँ आन्दोलन भयो भने ।

तपाईको पार्टीले संशोधनको प्रस्ताव ल्यायो र मतदान भयो भने पक्षमा हाल्ने कि विपक्षमा ?

जनता पहिलो कुरा हो । जनता भएर नै भोट दिएर हामी सांसद भएका हौं । दोस्रो कुरा संसद हो । तेस्रो कुरा पार्टी हो र चौथो कुरा सरकार । त्यसकारण जनता विपक्षमा उभिएका हुनाले त्यस्तो प्रस्ताव आउनेछैन् । आउने कुनै सम्भावना म देख्दिन् । यति ठूलो विरोध यति ठूलो असहमति हुँदाहुँदै पनि संशोधनमा लागि त्यो संशोधन गर्न खोजिएको वा पेस गर्न खोजिएको हो, मेरो विचारमा त्यो पास हुने सम्भावना देख्दिन र जनताले विरोध गर्या हुनाले मेरो पनि त्यसमा विमति रहन्छ ।

भनेको तपाईले विरोधमा मत हाल्नुहुन्छ ? विरोध हुन्छ भने त मत हाल्ने र समर्थन नगर्ने कुरा बुझ्नुहुन्न् ?

विपक्षमा मत हाल्नुहुन्छ  होइन् तपाईले सुन्नुभएन् मेरो विरोध रहन्छ । त्यसमा मेरो प्रतिरोध रहन्छ

। मत कता हाल्नुहुन्छ ?

मत कता हुन्छ अहिले थाहा छैन् । त्यस्तो संशोधन प्रस्ताव नै आउँछ कि आउँदैन् त्यसको भविष्यवाणी नगरौं अहिले । मेरो विचारमा त्यो दुर्भाग्यपूर्ण निर्णय हुनेछ । यदि चाँहि त्यस्तो प्रस्ताव ल्याइयो भने । अहिले कुरा भित्रभित्रै चलिरहेको छ न र बाहिर आयो । बाहिर आएपछि जनताले थाहा पाए । जनताले थाहा पाएपछि विरोध गरिराखेका छन् भनेर तपाईले नै भनिराख्नुभएको छ

भनेपछि…? त्यसमा मेरो सहमति हुँदैन् भनेको ?

म सहमत छैन् भनेपछि विपक्षमा मत हाल्नुहुन्छ ? अँ म विपक्षमै जान्छु

प्रतिक्रिया