मुगाली लामिछाने थापा क्षेत्रीको वंशावली पुस्तक बिमोचन सम्पन्न ,पूर्खा पोखरा बाट धनकुटा मुगा आएको ईतिहास साक्षी

इनेप्लिज २०७३ मंसिर १५ गते २:४२ मा प्रकाशित

mugali-2 आधुनिक नेपालको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा पूर्व क्षेत्रलाई एकीकरण गर्ने शिलशिलामा गोर्खाबाट अन्य योद्धाहरु साथ सरदार राम कृष्ण थापालाई पनि पठाएका थिए l

यिनै सरदार श्रदेय मूल पुरुष राम कृष्ण थापा सराङ्कोट,पोखराबाट गोर्खा हुदै धनकुटा जिल्लाको थाक्लेमा आई बसोबास गरेका थिए l र ,पछि मुगामा बसाई सरेका थिए l र आज यिनैका सन्तान दरसन्तान र पिढीहरु अधिराज्य भर यत्रतत्र तथा बसाई सराई गर्दै बिश्वका कैयौ मुलुकमा पुगेका छन l

mugali-29आफ्ना भावीपिढी र सन्तान दर सन्तानले पारिवारिक विवरण जान्न सकुन भन्ने हेतुले गत मंगसिर ११ गते शनिबार काठमाडौँमा एक समारोह बीच मुगाली लामिछाने थापा क्षेत्री वंशावली आदि पुरुष राम कृष्ण थापाका सन्ततीहरुको पारिवारिक विवरण “मुगाली लामिछाने थापाको वंशावली ” पुस्तक बिमोचन समारोह २०७३ सम्पन्न गरियो l

mugali-24पुर्खाको महत्ता र गरिमाले सिंचित माटो र बाटोलाई हामीले कहिल्यै बिर्सनु हुदैन भन्ने मुल नाराको साथ पुस्तक बिमोचन कार्यक्रम मुगाली थापा क्लबले आयोजना गरेको थियो lउक्त कार्यक्रममा थापा खलकका जेष्ठताको आधारमा धरान निवासी स्व कुल केशर सिंह थापा कि श्रीमती सूर्य कुमारी थापा लाई प्रमुख अतिथिको रुपमा राखिएको थियो भने वहाले दीप प्रज्वलनको साथै केहि शब्द बोल्नु भएको थियो l

समारोहमा पूर्व माननीय हरेन्द्र बहादुर थापा, रथी कृष्ण नारायण सिंह थापा ,अ.प्रा. ,हेडम ब. थापा,पुर्ब मन्त्री सुनिल बहादुर थापा, जेष्ठ नागरिक झुम्का अध्यक्ष फौद सिंह थापा, पोखरा लामिछाने थापाका बेल बहादुर थापा,अध्यक्ष शंकर थापा थापा क्षेत्री समाजका अध्यक्ष श्याम बहादुर थापालाई मंचमा राखी सम्मान गरिएको थियो l

mugali-23मोहन कुमार थापाले सबै अतिथिहरुलाई स्वागत गरेका थिए भने पूर्व प्रधान मन्त्रि तथा क्लबका संस्थापक संरक्षक स्व सूर्य बहादुर थापाको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो l मुगाली थापा क्लबका अध्यक्ष शंकर थापा गाउँले वंशावली पुस्तक बिमोचन क्लबको गतिबिधि जानकारी दिएका थिए l यसै गरि शुभकामना मन्तब्य दिनेहरुमा रथी कृष्ण नारायण सिङ थापा अ.प्रा., प्रा डम्बर वीर थापा ,डा. जङ्ग बहादुर थापा तथा अन्य रहेका थिए l

mugali-22यसै गरि पुस्तकको अगाडी भागमा भएको चित्र बारे तथा पुर्खा बारे जानकारी डा. जङ्ग बहादुर थापाले दिएका थिए l यसै गरि पुस्तक प्रकाशनको आर्थिक विवरण अजित नर्सिङ थापाले प्रस्तुत गरेका थिए l समारोहमा आजीवन सदस्यलाई प्रमाणपत्र बितरण तथा वंशावली प्रकाशन गर्न सहयोग गर्नेलाई सम्मान एवं प्रशंसा पत्र वितरण गरिएको थियो l

mugali-20धन्यवाद ज्ञापन तथा कार्यक्रम समापन अध्यक्ष शंकर थापा गाउँले तथा कार्यक्रम संचालन साेवित थापाले गरेका थिए l कार्यक्रम पश्च्यात चियापान को व्यवस्था गरिएको थियो l मुगाली लामिछाने थापाले कुल देवताको पूजा स्वरुप देवालीको पूजा हरेक ३ बर्ष मा धनकुटा मुगामा गर्दै आई रहेका छन् l मुगाली थापाहरुको कुल देवतामा बिन्ध्यवासिनी ,सेतोबारा र ईष्ट देव पर्दछन l

यो पंक्तिकार पनि यहि लामिछाने मुगाली थापा भएको जानकारी गराउदछ l

mugali-19 mugali-18 mugali-15 mugali-13 mugali-12 mugali-11 mugali-9 mugali-8 mugali-7 mugali-5 mugali-4 mugali-3 mugali-thpa

प्रतिक्रिया