गायक गम्बु शेर्पाको स्वरको गीत स्कुलको एसेम्लिमा बज्ने

इनेप्लिज २०७३ मंसिर १५ गते ११:४७ मा प्रकाशित

gambu

अमेरिकाको न्यूयोर्कमा बसिरहेका गायक तथा समाजसेबी गम्बु शेर्पा को स्वरको नया म्युजिक भिडियो रिलिज भएको छ! “मेरो बा ले भन्नुहुन्थ्यो दुख मा न आत्तीननु” बोलरहेको गित गम्बु शेर्पा को पछिल्लो अल्बम्” मेरो देश “मा समेटिएको छ् l

गम्बु को स्वर यस गीत लाई अब हरेक दिन काठमान्डुको पेप्सी कोला(सनसिटि)मा रहेको उज्ज्वल तारा बोर्डइङ स्कुल ले कक्षा सुरुहुनु अगाडी एसेम्लिमा बजाउने भएको छ । यस गीत भित्र बालबालिकाहरुलाई राम्रो सन्देश भएकाले हरेक बिहान कक्षा कोठामा जानु अगाडी बजाउदा स-साना बालबालिकाहरुमा सकारात्मक सन्देश प्रबाह हुने हुँदा यो गीत लाई दैनिक बजाउने निधो गरेको उज्ज्वल तारा कि सन्चालिका गायत्री कार्की ले बताउनुभयो ।

saroj-2

आफैले गाएको गीत यसरि पहिलो पल्ट बिद्यालयले दैनिक बजाउने भएपछी आफुमा संगीत प्रती थप जिम्बेवारी बढेको र अत्यन्तै खुशी लागेको गम्बु बताउछन । यस गीत को भिडियो शूटिङ हुनुअगाडी भिडियो का कलाकार सरोज केसी ले गम्बु शेर्पाद्वारा जोरपाटी काठमान्डुमा पालन पोषण गरिराखेका १३ जना अनाथबालबलिकाहरुलाई नगद रु २१ हजार ४ सय आफ्नी छोरी यस गीत को भिडियो कि बालकलाकार सरुजा के सि को हात बाट हस्तान्तरण गरेका थिए । उक्त सहयोगार्थ रकम सरोजले भुवन के सि को चलचित्र “डृम्स ” अमेरिकाको भर्जिनियामा प्रदर्शन गरी उठाएका थिए ।

saroj-1चलचित्रको  बिशेस शोमा टिकट काटेर बालबालिकाहरुलाई बिशेस सहयोग गर्नुहुनेमा वरिस्ठ गायक रामप्रसाद खनाल , नायिका अनुपमा प्रसाइ ,समाजसेबी तथा मोडेल रिमा कार्की , समाजसेबी अनामिका उप्रेती कलाकार ध्रुब ओन्त र सजिब थापा रहेका छन ।

saroj-3

गायक शेर्पा ले यस गीत को म्युजिक भिडियो बाट उठेको युटुब रोयल्टी सबै आफ्ना जोरपाटीमा आसृत बालबलिकाहरुको पढाई मा खर्च गर्ने बताए ।

एल्बम :मेरो देश ,सब्द :नरेश भट्टराइ, संगित :शिखर सन्तोष,एरेन्ज :गोपाल रसाईली, स्वोर :गम्बु शेर्पा ,सिमा सँगरौला, अभिनय :सरोज के सि, सरुजा के सि(बालकलाकार)रुसा के सि, निर्देसक :अर्जुन अधिकारि गीत्: मेरो बा ले भन्नुहुन्थ्यो …….

प्रतिक्रिया