अस्ट्रेलियामा छायांकन गरिएको ‘गोरेटो’ सार्बजनिक (भिडियो) –

इनेप्लिज २०७३ मंसिर १५ गते १२:२३ मा प्रकाशित

video-2

काठमाडौं । पछिल्लो समय नेपाल बाहिर बसेर पनि नेपाली गीत संगीतको छेत्रमा अनबरत लाग्ने व्यक्तिहरु बढ्दै गएका छन् । त्यहिँ मध्येको एक हुन् सुमधुर स्वरकी धनि गायिका ‘अबुन पाण्डे’ । गायिका पाण्डेले आफ्नै शब्दमा तथा स्वरमा ‘गोरेटो’ गीत को म्युजिक भिडियो सार्बजनिक गरेकी छिन । भिडियोलाई अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको बिभिन्न रमणीय स्थानमा अष्ट्रेलियन प्राबिधिकहरुद्वारा अत्याधुनिक ‘ड्रोन’ को प्रयोग गरि छायांकन गरिएको थियो ।

जसको निर्माणको क्रममा निर्देशक जीवन रसाइली सहितको टोलीले २–३ दिन लगातर मिहेनेत गरेका थिए । पछिलो समय नेपालका चर्चित गायकहरुलाई आफ्नो संगीतमा गीत गाउन सफल संगीतकार टिका दाहालले यस गीतमा संगीत गरेका छन् भने निकै व्यस्त रहदै आउनु भएका मोडल ‘राजु कान’ले अभिनय गरेका छन् । कान अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ‘कुइन्स ल्याण्ड’ अष्ट्रेलियाका प्रमुख समेत हुन । उनलाई भर्खरै मात्र डेब्यु गरेकी नयाँ अनुहारकी मोडल ‘इरोमा श्रेष्ठ’ले साथ् दिएकी छिन ।‘गोरेटो’को निर्देशन अस्ट्रेलियामा आजकल अति ब्यस्त मानिने निर्देशक जीवन रसाइलीले गरेका हुन् ।

प्रतिक्रिया