अमेरिकामा खम्बा गाड्ने हो भने ३ चिज टपक्क ,सरक्क र पल्याक पुलुक वाद

इनेप्लिज २०७३ मंसिर १६ गते २:१३ मा प्रकाशित

bj-thapa-f

नेपालीहरुको अन्तिम लक्ष्य भएको देश अमेरिका l अमेरिका आउने र यतै सन्तान दर सन्तानहरुको जीवन बनाउने हो भने नेपालमा लागेका ३ चिज टपक्क ,सरक्क र पल्याक पुलुक वाद गरे अमेरिकामा खाबो गाड्न अति सरल हुने छ l तर यस्को बिपरित लागे साढे सातको दशा झैँ लाग्ने छ l

अप्रवासीहरुको देश अमेरिका l अमेरिकाको कानुन संग मानिस डराउछन l त्यसैले अमेरिका आउन मन हुनेले केहि कुरामा सम्झौता गर्नै पर्छ l बिरानो देश विदेशमा नेपाल जस्तो नसोचे अमेरिकामा खम्बा गाड्न सकिन्छ l अर्थात् आफुले मेहनत गरे अवसरको भुमि भएको देशमा हरेक कुरा सम्भव पनि हुन्छ l

अमेरिका आउन हरेक उपाय गर्ने तथा नव आगन्तुक नेपालीले अमेरीका आए पछि तिन चिजहरु टपक्क ,सरक्क र पल्याक पुलुक सम्बन्धि बिशेष ज्ञान हासिल गर्ने पर्छ l नत्र ठुलो भडखालामा परिने सम्भावना हुन्छ l तीन चिजहरु वाद गरे अमेरिकामा कहिले दुख पाईदैन नत्र जीवनमा ठुलो धक्का लाग्दछ l अमेरिका सुरक्षामा कति संबेदनशिल छ भन्ने अमेरिकाले अपनाएको अत्याधुनिक सुरक्षाका साधन तथा उपकरणको जडानले यस कुराको प्रष्ट पार्दछ l

हाम्रो देशमा टपक्क ,सरक्क र पल्याक पुलुक गर्दा अस्वाभाविक मानिदैन l तर अमेरिकामा अस्वाभाविक मानिन्छ l नेपालमा टपक्क ,सरक्क र पल्याक पुलुक गर्ने ज्यादा पुरुष जातिले गर्दछन l तर महिलाले गर्दै गर्दैनन् भन्ने चाही हैन l

अमेरिका आए पछि नेपाल जस्तो कुनै पनि समान केहि किन्दा या हेर्दा उसले देख्दैन भन्ने कदापी सोच्नु हुदैन l र नेपालमा जस्तो छक्याउछु भनि कुनै चिज बगली लुकाउछु भनि टपक्क टिप्यो भने रंगेहात पक्राउ खाइन्छ l

र ,जीवन भर उसको धब्बा लाग्दछ l यस्ता उटफट्यांग तथा किशोर अवस्थामा ज्यादा खयाल ख्यालमा गर्ने बानि परेकालाई अमेरिकामा ठुलो नोक्सान पुर्याउछ l नेपालमा लागेको बानि हत्तपत्त सुध्रिदैन l

अमेरिकामा पनि त्यहि ब्यबहार गर्दा फन्दामा परिन्छ l हरेक पसल ,ठुला महल ,ठुला कार्यालय तथा भवनमा चित्रग्राहिणी (क्यामेरा) जडान गरिएको हुन्छ l सरक्क केहि टिप् टाप जस्तो गर्यो भने फेरी पर्खाल भरि झुनड्याईएका चित्रग्राहिणीले क देखि ज्ञ सबै सबै देखाई दिन्छ l ठुलाठुला अपराध र अपराधी यसरी नै समातिन्छ अमेरिकामा l लोभले लाभ लाभले बिलाभ गराउछ l सानो चित्त राख्नु हुन्न अमेरिकामा l

अमेरिकामा सबै भन्दा खतरा पल्याक पुलुक हो l नेपालमा पल्याक पुलुक गर्ने स्वभाव हुन्छ l त्यसलाई त्यति गम्भीरताले लिईदैन l अमेरिकामा बाहिर निस्कदा पल्याक पुलुक गर्यो भने कानुन पनि लाग्दछ l

अर्को को घरलाई नजिक गएर नियालेर हेर्यो भने पनि छिमेकीले प्रहरीलाई बोलाई दिन्छन l छिटो छिटो हिड्दै कसैको घर नजिक पल्याक पुलुक पनि हेर्नु भयो भने नचिनेको जस्तो लाग्यो भने प्रहरीलाई बोलाइन्छ l

अनौठो लुगा लगाएर झ्याम्ल्यांग लुगा लगाएर चोर जस्तो पल्याक पुलुक गरे फसिने डर हुन्छ l मुग्लानमा नेपालका जस्ता बानि छन् भने भुलेर भए पनि निकाल्नु हुदैन l नेपाल जस्तै कागको फुल चोर्न पनि सक्छु भन्ने घमण्ड अमेरिकामा चल्दैन l

तसर्थ अमेरिकामा खम्बा गाड्ने हो भने तिन चिज टपक्क ,सरक्क र पल्याक पुलुक वाद l यसैमा हाम्रो भलाई छ l बुझ्नेलाई ईशारा नै काफी !

प्रतिक्रिया