पामाकेयर नेपाल्स स्टार मोडल–२०१६ को कोरियोग्राफी ट्रेनिङ्ग सुरु

इनेप्लिज २०७३ मंसिर १७ गते १०:४० मा प्रकाशित

15259402_1257453260943960_7801526941862167146_o

काठमाडौँ : सम्भबत नेपालमा पहिलो पटक बिबाहित तथा अबिबाहित महिला पुरुषहरु लाइ समेटेर गर्न लागिएको बृहत सौन्दर्य प्रतियोगिता पामाकेयर नेपाल्स स्टार मोडल–२०१६ को कोरियोग्राफी ट्रेनिङ्ग सुरु भएको छ l नेपाल भरिका अबिबाहित तथा बिबाहित पुरुष र महिलाहरुलाई समेटेर सुरु गरिएको सौन्दर्य प्रतियोगितामा ३५ जना प्रतिस्प्रधी मोडेल हरुलाई छनौट गरिएको छ l आउदो पुष महिनाको पहिलो हप्ता तिर फिनाले गर्ने सोचका साथ सुरु गरिएको कोरियोग्राफी नेपाल्स फेस अफ द इयर २०१६का बिजेता दिवस धितालले गरेका छन् l बृहत सौन्दर्य प्रतियोगिता “पामाकेयर नेपाल्स स्टार मोडल–२०१६” सिद्दि मिडिया प्रालिले पहिलो पटक नेपालमा आयोजना गर्दैछ l सम्पूर्ण नेपालीहरुको जात, भाषा,धर्म र सस्कृतिलाइ समेटेर आयोजना गर्न लागेको यस प्रतियोगितामा बिद्यार्थी, गृहणी, घरायसी, कामकाजी, शिक्षिक कर्मचारी ब्यबसायी हर तप्काका पुरुष र महिलाहरुले भाग लिने र यस प्रतियोगिता बाट फाइदा उठाउने भएका छन् l

प्रतियोगिताका लागि छनौट युवा युवतीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिदै छ भने जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, सेलिब्रेटी कलाकार र चर्चित मोडलहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी सिद्दि मिडिया प्रालिका अध्यक्ष अमित शाहले गराए ।यस सौन्दर्य प्रतियोगीताले बिबाहित तथा अबिबाहित पुरुष र महिलाहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन ।पामाकेयर नेपाल्स स्टार मोडल–२०१६को कोरियोग्राफी चर्चित मोडल, विभिन्न अन्य सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुली सकेका कोरियोग्राफर तथा फेस अफ द इयरका बिजेता दिवश धितालले गर्दैछनl

प्रतिक्रिया