अमेरिकामा अझ पनि तेह्र प्रतिसतले अन्तर्जाल (इन्टरनेट) नै प्रयोग गर्दैनन :  पत्याउनै गार्हो ?

इनेप्लिज २०७३ मंसिर १९ गते १२:३४ मा प्रकाशित

untitled

कुरा पत्याउनै गार्हो l संसारको सबै भन्दा सम्वृद्धिशालि मूलक अमेरिकामा अझ पनि अमेरिकाका कैयौ नागरिकले अति आवश्यक प्रयोग नगरी नै सुख नपाइने अन्तर्जाल (इन्टरनेट) नै प्रयोग गर्दैनन भन्दा हतपत्त विश्वास नै लाग्दैन l

जुन मुलुकमा हरेक चिज यस्को माध्यमबाट नै अपरिहार्य रुपमा प्रयोग हुने राष्ट्रमा अझ पनि पचासौ बर्ष पछिको अमेरिका भएको जस्तो अनुभूति हुन्छ l अमेरिकाको एक पिउ अनुसन्धान केन्द्रको सर्वेक्षण तथ्यांक अनुसार आज अमेरिकामा १३ प्रतिसत वयस्कहरुले अंतर्जाल बिना नै काम चलाई रहेको देखाएको छ l मोनिका एन्डरसन तथा एनड्रु पेरिनले उक्त तथांक तयार गरेको पिउ अनुसन्धान केन्द्रले जनाएको छ l

सरकारले अन्तर्जाल प्रयोग गर्न प्रोत्साहन गरेको छ l सन् २००० मा त्यो तथांक केहि हद सम्म १३ प्रतिसत भन्दा कम रहेता पनि पिउ अनुसन्धान केन्द्रले प्रबिधिको सामाजिक प्रभाव बारे अध्ययन गरेको थियो l जस अनुसार झन्डै ४८ प्रतिसत वयस्क मानिसहरुले अन्तर्जाल प्रयोग नगरेको तथ्य निकालेको छ l

536462499

सन् २०१३ मा गरिएको सर्वेक्षण अनुसार अन्तर्जाल प्रयोग गर्न नसक्नुका केहि महत्वपूर्ण कारणहरु पत्ता लगाएका छन l अन्तर्जाल प्रयोग नगर्ने तेश्रो व्यक्ति करिब ३४ प्रतिसत अन्तर्जाल को सुबिधा नभएकोले आफुहरु प्रयोग नगर्ने र अभिरुचि नलाग्ने बताएका थिए l आश्चर्यको कुरा अन्तर्जाल उनीहरुको जीवनमा त्यति महत्वपूर्ण छ भन्ने उनीहरुमा ज्ञान नहुनु पनि एक कारण लेखेको छ l

अर्का ३२ प्रतिसत अन्तर्जाल प्रयोग नगर्नेहरु यो प्रयोग गर्न कठिन भएको बताएका थिए भने ८ प्रतिसतको समुह सहितले आफुहरु बृद्ध भएकोले सिक्न कठिन भएको बताएका छन् l केहिले महँगोको कारण प्रयोग नगर्ने समेत भनेका थिए l

ft_16-09-07_notonline_trend

वरिष्ट नागरिकले आफुहरु कहिले नजाने र प्रयोग नगर्ने बताएका थिए l १० मध्ये ४ जना वयस्क र ४१ प्रतिसत त्यो भन्दा ज्यादा उमेरका ले अन्तर्जाल नै प्रयोग नगर्ने बताएको छ l

घरको आम्दानी र शिक्षाको कारण पनि अन्तर्जालमा जान नसक्ने ठहर गरेको छ l १० कक्षा मुनि सम्म पढेका र वयस्क भै सकेकाले पनि अन्तर्जाल प्रयोग गर्दैनन् भनि तथ्य निकालेको छ l

३० हजार भन्दा कम बार्षिक आम्दानी भएका वयस्कले आठ गुणा कम अन्तर्जाल प्रयोग गर्ने सम्भावना रहेको लेखेको छ l यसै गरि ग्रामिण क्षेत्रमा रहने अमेरिकनले शहर तथा महानगर क्षेत्रमा बस्ने भन्दा झन्डै दुई गुणा कम तथा कहिले पनि अन्तर्जाल प्रयोग गर्दैनन् भनि  जनाएको छ l

A person prepares to search the internet using the Google search engine, on May 14, 2014, in Lille. In a surprise ruling on May 13, the EU's top court said individuals have the right to ask US Internet giant Google to delete personal data produced by its ubiquitous search engine. AFP PHOTO / PHILIPPE HUGUEN (Photo credit should read PHILIPPE HUGUEN/AFP/Getty Images)

हाल अन्तर्जाल बाहिर बस्ने जनसंख्या घट्दो अवस्थामा छ l उदाहरणको लागि सन् २००० मा ८६ प्रतिसत ६५ बर्ष र माथिकाले अन्तर्जाल प्रयोग गर्दैन थिए तर आज आधा प्रतिसतमा त्यो घटेको छ l १० कक्षा नै उत्रिन नगरेकाले ७१ प्रतिसत बाट ३४ प्रतिसतमा झरेका छन् l अर्थात् अन्तर्जाल प्रयोग गर्न थालेका छन् l

सबै तथांकहरु गत बर्ष जुलाई १८ ,२०१५ मा संसोधन गरिएको जनाएको छ l

श्रोत : पिउ अनुसन्धान केन्द्र 

तस्बिर सौजन्य :एएफपी ,फिलिप हुगेन

 

प्रतिक्रिया