विपन्न दुई विद्यार्थीलाई आर्थिक सहयोग

इनेप्लिज २०७३ मंसिर १९ गते २२:३८ मा प्रकाशित

pic-3

चितवन १९ मंसिर । श्रीमानको मृत्यू पछि एक्लै संघर्ष गर्दै आएकी खैरहनी ५ बुढौलीकी सीता जैसी पौडेलका छोराछोरीको शिक्षाको लागि आर्थिक सहयोग गरिएको छ । मेलापात गरेर छोराछोरी पढाउने र विहान बेलुकाको छाक टार्ने काम गर्दैै आएकी एकल महिला सीताका छोराछोरीको शिक्षाको लागि बैदेशिक रोजगारीको लागि अमेरिकामा रहेका महेन्द्रनगरका राहुल धामीले आर्थिक सहगोग गरेका हुन । खैरहनी उच्च मावि जन्मोत्सव तथा स्मृति छात्रबृत्ती अक्षयकोषका अध्यक्ष मुरली प्रसाद गजुरेलको पहलमा धामीले सीताको परिवारलाई आर्थिक सहयोग गरेका हुन । धामीले सीताको परिवारको लागि १५ हजार १८६ रुपैया सहयोग गरेका हुन । सो रकम मध्ये २ हजार ३६० रुपैयाको सीताका छोराछोरीको लागि स्कुल झोला र स्टेशनरी खरिद गरी १२ हजार ८२६ रुपैया सीतालाई हस्तान्तरण गरिएको छ । सीताको परिवारलाई जुझारु विनर्स युथ नेपालले पनि एक बोरा चामल सहयोग गरेको छ । आइतवार बुढौलीमा आयोजित कार्यक्रममा अक्षय कोषका अध्यक्ष मुरलीप्रसाद गजुरेल,जुझारु विनर्स युथ नेपालका संयोजक शिवप्रसाद उप्रेती र पत्रकार होमनाथ सापकोटाले पैसा,स्टेशनरी र खाद्यान्न सीता र उनका दुई छोराछोरीलाई हस्तान्तरण गरेका थिए । सीताका जेठो छोरा रिजन पौडेल श्रीकृष्ण सानाकिसान राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ४ र छोरी रिमा सोही विद्यालयमा कक्षा ३ मा पढछन ।’

स्थानीय गंगादेबी सुवेदीको घरको एउटा कोठामा बस्दै आएकी सीतालाई छोराछोरी पढाउन र विहान बेलुका हातमुख जोर्न पनि मुश्किल छ । सीताले दिनभरी मजदुरी गरेको पैसाले छोराछोरी पढाउने र विहान वेलुका खानेकुराको जोहो गर्दैै आएकी छन । अक्षय कोषका अध्यक्ष मुरलीप्रसाद गजुरेलले एकल महिलाले छोरोछोरीको शिक्षाको लागि गरेको संघर्ष देखेर सहयोगको लागि आफुले सामाजिक सञ्जाल मार्फत अनुरोध गरेको बताए । पैसा नभएर कोही पनि शिक्षाबाट बन्चित हुन नपरोस भन्ने मेरो मान्यता हो उनले भने अब सीताका छोराछोरीले पैसा नभएरै पढाई छाडन पर्ने अबस्था आउन दिन्न । उनले सीता र उनका छोराछोरीलाई सहयोग गर्ने राहुल धामीलाई धन्यवाद दिए । कार्यक्रममा स्थानीय टीकाराम कँुवर, पत्रकार होमनाथ सापकोटा, जुझारु विनर्स युथ नेपालका संयोजक शिवप्रसाद उप्रेती,एआरसीसीका कोअडिनेटर विक्रम पन्त,स्थानीय हरि चापाँगाई,बुद्धिराज सुवेदी,संगिता भूषाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया