संगीतनै पेशा बनाएकी गायीका मनिषा

इनेप्लिज २०७३ मंसिर २० गते १३:२७ मा प्रकाशित

15301256_1454488174591342_1485711913_n

माक्पाली कान्छा,काठमाडौं, २० मंसिर । कोही मान्छे वैदेशिक रोजगारमा जाँदै छ भने सहज अनुमान लगाउन सकिन्छ । उ त्यहाँ मजदुरी गर्नकै लागी जान्छ । यसमा पुरुष भए ज्यामी, हेल्पर आदि महिला भए घरेलु कामदार । तर यस भन्दा पृथक ढंगले विदेश पुगेर आइन् खोटाङ कि मनिषा राई । दुबइको याक एण्ड यति होटलामा गीत गाउन कै लागी उनी पुगिन र २ वर्ष विताईन् । नेपाली सुगम संगीतमा सुमधुर स्वरका धनि मनिषाले नेपाली गीतको अलवा हिन्दि गीत गजल निकै राम्रो गाउने गरेकि छन् ।

14520530_543244589220128_753531303105157826_n

कलिलो उमेरमा संगीतको मोह जालमा फसेकी उनले २ वर्ष दुबइमा गीत गाएर नै बिताइन् भने ३ महिना बहराईनमा गजल गाइन् । पैसा कमाउन गीत गाउने काममा विदेशिएकी उनी नेपालमा फर्किएपछि पनि गीत गाउने पेशामा नै आवद्व छिन् । राजधानीको दरबारमार्ग स्थित मधुशाला गजल रेष्टुरेण्टमा स्थापित कलकारहरु उदय सोताङ, मनिला सोताङ, टिका प्रसाईहरु सँगै बसेर अहिले पनि उनी नियमित गाउँदै आउने प्रतिभा हुन् । स्कुले जीवनमा स्टेजहरुमा गीत गाउँदै आएका मनिषा जालपा मावि नुनथला खोटाङमा हुँदा ताका नाच्ने नृत्याङगाना पनि हुन् ।
खोटाङका स्थापित जनवादी कलाकार हेम नाछिरिङको संगतमा हुर्केकी उनले रेडियो सुनेर संगीतमा लहसिएको बताउँछिन् । करिब ३ सय गीत रेकर्ड गराईसकेकी मनिषाले बाल्यकाल भिरपाखामा दाउरा घाँस गर्दै स्वरले साधना पाएको दावि समेत गरेकी छन् । उनले दाउरा घाँस गर्दा गाएको गीतलाई गाउँलेले परिचय नै बनाइदिएको जनाइन् । स्कुलको पढाई सकेर काठमाडौं छिरेकी उनले कैलाश राई सँग संगीतको सा रे ग म सिकेकी हुन् ।

पहिलो पटक चौधरी भाषाको ‘दिवानी मस्तानी, तुमोर पियारी’ बोलको गीत रेकर्ड गरेर गायनमा डेब्यु गरेकी हुन् । हाल सम्म एकल र डोयट गरी ३ वटा एल्वम बजारमा ल्याइ सकेकी उनले ‘निष्ठुरी, बहाव, तुलसी मन्जरी’ नामको एल्वम बजारमा दिईसकेकी छन् । आधुनिक गीतका साथै पपगीतहरु समेत राम्रै गाउने मनिषाले हाल नितान्त संगीतनै पेशाको रुपमा अपनाएको बताएकी छन् । नारायण गोपालका गीतहरु देखि अरुणा लामाको फ्यान रहेको बताउने उनले संगीतलाई जीवनका रुपमा बुझेकी सुनाईन् । ‘संगीत त एउटा जीवन जस्तै रहेछ ’ उनले भनिन्, ‘रुँदा नी चाहिने हाँस्दा नि चाहिने ।’

उनले अझ अगाडि थपिन्, ‘मान्छेको मानसिकता परिवर्तन गर्ने तागत कुनै कुरा सँग छ भने त्यो संगीतमा छ । जसका कारण मान्छेले पीडा समेत भुल्छ ।यसो त उनले गीत संगीतले दुनिया परिवर्तन गर्ने धारणामा उनिमा छ । समाज परिर्वतनका निम्ति गीत संगीतले समेत महत्वपुर्ण जागरण दिने उनको मान्यता छ ।

प्रतिक्रिया