जापानमा तीन नेपाली : जसले भाषाबाटै नेपाल चिनाए(भिडियाे)

इनेप्लिज २०७३ मंसिर २१ गते ११:४४ मा प्रकाशित

three-nepali-student-768x273

गत शनिवार जापान राष्ट्रव्यापी जापानी भाषा वक्तित्वकला प्रतियोगितामा हजार वढी प्रतियोगिलाई पछि पार्दै विजयी भएपछि सरदचन्द्र राईले नयाँ रेकर्ड राखे।

जापानमा विद्यार्थीका रुपमा आएर जापानी भाषामा भएको वक्तित्वकला प्रतियोगितामा हजार वढी जापानीहरु समेत सहभागिहरुलाई उछिन्दै सरदले उपाधी मात्र होईन नगद ११ लाख समेत जिते। संगै नेपाल र नेपालीको अवस्था र सगरमाथाको देश भनेर चिनाए।

सरदको जस्तै यस्तै रेकर्ड यस अघि नै दुई नेपालीले फरक रुपमा राखेका थिए। जसमध्ये एक थिए अनुज थापा र जिज्ञानकुमार थापा। अनुजले सन २००७मा भएको जापान राष्ट्रव्यापी भाषा वक्तित्वकला प्रतियोगितामा परराष्ट्रमन्त्री अवार्ड जितेका थिए। भने सन २०११मा जिज्ञानकुमार थापाले समेत परराष्ट्र मन्त्रालय अन्तरगत दूतावासका भाषा अनुवादकहरुवीचको प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका थिए।
सन २००६मा जापान प्रवेश गरेका अनुजले नौ महिना पछि भएको जापानव्यापी प्रतिस्पर्धामा अन्तिम चुनिएका १८ जनालाई उछिन्दै ‘गाईमु दाईजिङ स्यो’ उपाधी हात पारेका थिए। हाल गैरआवासीय नेपाली संघ एनआरएनए जापानका महासचिव तथा जापानका लागि नेपाली पर्यटन दूत समेत रहेका अनुजले त्यो बेला नगद पुरस्कार त पाएनन तर नेपालमा शिक्षा क्षेत्रमा योगदान पुरयाउने विषयमा जापानीहरुलाई ‘मेरो सपना’ सुनाएका थिए।

अनुज प्रत्येक बर्ष जापानी राजदूतावासको सहयोगमा जाल्टनले नेपालमा आयोजना गरिने जापानिज भाषा वक्तित्वकला प्रतियोगिताको २००५ को च्याम्पियन पनि थिए ।त्यस्तै जापानको कला र सस्कृतिका वारेमा जापानी टेलिभिजन एनएचकेले आयोजना गरेको प्रतिस्पर्धामा जिज्ञानकुमार थापाले जापानमा दूतावास रहेका विश्वभरिका अफिसियल भाषा अनुवादकहरु मध्ये उत्कृष्ट ठहरिएका थिए। जिज्ञानकुमार थापा हाल खानागावा राज्यको सल्लाहकार रहेका छन भने एनआरएनए जापानका पूर्व महासचिव हुन।

यसैसाता विजयी भएका सरदको नयाँ उपाधीले उनले शुरु गरेको युमी नेपाल नामक विद्यालय निमार्ण गर्ने कार्यक्रममा धेरैले चासो समेत देखाएकोमा खुसी छन। उनले नेपालमा मेरो सपना विषयमा आठ मिनेट बोलेका थिए।

सरद जापानको प्रसिद्ध सफ्टबैकमा विजनेश डेभलपमेन्ट विभागमा कार्यरत छन भने नेपालमा विद्यालय निमार्ण गर्ने परियोजना युमि नेपालका संस्थापक मध्येका एक हुन।

अनुज भिडियाे

जिज्ञानकुमार थापाकाे भिडियाे

 

सरद राई भिडियाे

 

प्रतिक्रिया