टोरोंटो तिर बरालिदा

इनेप्लिज २०७३ मंसिर २९ गते १३:२९ मा प्रकाशित

उठेको जमीन अलिमाथि देख्छु,   मेरै पहाड़ भन्छु म
बन र फाट समथर हिडछु,   तराई ठानछु म
राती  ठीटी मुसुक्क हास्छीन, हिमालकी  डोल्माँ  भन्छु म
चिटीक्क बांनकी  साहिली जस्ती, गालामा खाल्डो देखछु म ।

जहाँ को खुलोस मधुर कंठ,  लोकगीत ठान्छु म
टिलिक्क पाईन हतियार सबै, खुकुरी ठानछु म
झिलिक्क बल्ने बत्ती यी सधै,  तिहार ठानछु  म
आकाश सबै ती चन्द्र सूर्य ती मेरै भन्छु म ।

यत्र तत्र तलाउ देख्छु,   पोखरा ठान्छु  म
तल झरेका, बादल का घेरा,  हिमाल ठानछु म
किरिमिरी गर्ने ती चरी  हेर्दा,  डांफे-मुनाल देखछु म
गाऊने सबै भाकाका गीतमा,  मुना-मदन सुन्छु  म ।

जसले सुनावोस बेदनाका का गाथा,   नेपालको  भन्छु म
कटक्क मन, झिपिक्क आखा,  नेपाललै पुग्छु म
पलेटी  कसी,  आंखा चिम्ली बस्ने,  बुद्ध  नै ठानछु  म
टोरोंटो भरी जहाँ र तहा,  नेपाली देख्छु म
संसारै डुलदा  नेपालै नेपाल,  आबाद देक्छु म

प्रतिक्रिया