शुक्रबार, भदौ २ २०७४ | Fri, August 18, 2017
नेपालको समय: १४:३८ | Washington DC: 04:53

अमेरिकी राष्ट्रपतिको निर्वाचन ईमेल ह्याक प्रकरणमा ‘पुटिनको संलग्नता’

dsc_1849

वासिङटन (अमेरिका), ३० मङ्सिर । अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्धता भएका संस्थाका ईमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने कार्यमा रसिया र यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता रहेको हुनसक्ने प्रशस्त आधार भेटिएका अमेरिकी गुप्तचर रिपोर्टमा पाइएको गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युज टेलिभिजनले बुधबार जनाएको छ । कसरी डेमोक्र्याट्स पक्षका ईमेल सामग्री ह्याक गर्ने र यिनलाई सार्वजनिक गरी उनीहरुविरुद्ध प्रयोग गर्ने भन्ने योजनाका लागि रसियाली राष्ट्रपति पुटिनले निर्देशन दिनुभएको गुप्तचर रिपोर्टमा भएको उक्त अमेरिकी टेलिभिजनले जनाएको छ । टेलिभिजनले अमेरिकी गुप्तचर संस्था (सीआईए) का वरिष्ठ अधिकारीले ह्याककाण्डमा पुटिनको समेत संलग्नता रहेको सूचना सीआईएसँग सुरक्षित रहेको बताएका जनाएको थियो ।

अधिकारीले पछिल्लो विश्लेषणको आधारका लागि आफूहरुसँग विश्वासिला प्रमाण रहेका पाइएको एनबीसीले जनाएको छ । यसै सन्दर्भमा रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीसँग सङ्क्षिप्त जवाफ दिँदै ‘रिपोर्ट बेतुकका सन्दर्भको आधारहीन व्याख्या’ मात्र भएको बताउनुभयो । गतहप्ता वासिङ्टन पोस्टले अमेरिकी ईमेललाई रसियाद्वारा ह्याक गरी सार्वजनिक गरिदिएको भन्ने सीआईएको विश्लेषणसहितको रिपार्ट छापेपछि यस विषयले विश्वभर चर्चा पाएको थियो । सीआईए रिपोर्टमा ईमेल ह्याक गरी रसियाले रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई जिताउन प्रयोग गरिएको प्रशस्त आधार भेटिएको बताइएको पोस्टले जनाएको थियो । सन् २०११ मा रसियाली संसदीय निर्वाचनमा पुटिनको इमान्दारितामाथि प्रश्न गर्दै तत्कालीन अमेरिकी विदेशमन्त्री क्लिन्टनले धारणा व्यक्त गर्नुभएको थियो । पुटिनले क्लिन्टनविरुद्ध विवादास्पद ईमेल सार्वजनिक गरी बदला लिन खोजेको विश्लेषकहरुको बुभाइ छ । – एएफपी

२०७३ पुष १ गते ०:५८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी