अमेरिकामा कार दुर्घटनामा होनहार बिद्यार्थी ममता कंडेलको मृत्यु ( दुखद समाचार )थप जानकारी

इनेप्लिज २०७३ पुष १ गते १५:१७ मा प्रकाशित

img_5578

अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा परि २१ बर्षीय नेपाली मुलकी होनहार छात्रा ममता कंडेल को मृत्यु भएको दुखद समाचार प्राप्त भएको छ l गत बिहीबार बिहान वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटना मा उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ भने उनको शव अहिले अस्पताल मै राखिएको बुझिएको छ l

वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा चालक तथा अन्य पछाडि बसेका यात्रुलाई सामान्य चोट लागेको तर दुर्भाग्यबस नेपाली चेलीको भने ज्यान गएको छ l

भर्जिनियामा उनका नजदीकका शर्मा परिवारले जानकारी दिए अनुसार उनि मास्कोमा रहने बुझिएको छ l तर अध्ययनको क्रममा संन २०१४ मा आइडाहो विश्वबिद्यालय बाट समाज शास्त्रमा अध्यन समाप्त गरेकी थिइन l

img_7139

तस्बीर श्रोत : कुलआर८ डटकम 

जाड़ो मौसममा बिदाको लागि आगामी दिसम्बर १९ तारीख नेपाल जाने तैयारीमा समेत थिइन l अतिरिक्त क्रियाकलापमा समेत प्रतिभाशाली स्व ममता कंडेल केहि समय भर्जिनियाको साउथ राइडिंग शहरमा समेत आएकी थिइन l

उनि एक होनहार  छात्रा हुनुको साथै महिला बेचबिखन तथा महिला यौन कार्यकर्ता बिषयमा वकालत गर्दै आएकी उनका नजिक रहेका शर्मा परिवारलले जानकारी दिएका छन l हिउँको कारण सड़क चिप्लो भई सवारी साधन चिप्लिन गई उक्त दुर्घटना १९५ राजमार्ग को स्टेपो नजदीक भएको हो l

घोडामा राजमार्ग निरिक्षण गर्ने प्रहरी अनुसार उत्तर तर्फ गई रहेको अवस्थामा गाड़ी अनियंत्रित भई अर्ध मालबाहक गाड़ीलाई ठोकिन पुगी त्यों गाड़ीले पनि अर्को गाडीलाई ठोकेको बताएका थिए l मृतक छात्रा कंडेलले सुरक्षित पेटी चाही लगाएको सहित उनले बताएका थिए l

img_5577

प्रतिक्रिया