“कसरी प्यारो भो त नेपाल !”

इनेप्लिज २०७३ पुष २ गते ३:२३ मा प्रकाशित

चाहान्नौं बस्न स्वदेशमा, खोज्छौं नेपाल भूगोलमा

पछाडि परेको सम्बन्धमा, गर्दैनौं चिन्तन मनमा 

नगर्छौँ हामी सवाल-जबाफ, नगर्छौं यहाँ मिहनेत

अनि कसरी प्यारो भो त नेपाल !

अध्यन भन्छौं भ्रमण भन्छौं, प्यापार भन्छौं रोजगार भन्छौं

जसरी हुन्छ नेपालको सीमाना, काटेर जान दाम्लो चुडाल्छौँ

सरणार्थी-पत्र आफ्नो बनाउछौं, नागरिकता नै फालेर

अनि कसरी प्यारो भो त नेपाल !

नेपालको नाता तुच्छ हो ठान्छौं, बुढै होस् तर विदेशी छान्छौं

काँडा बिजाउछौं ठेला उठाउछौं, विदेशमा नै पसीना भिजाउछौं

नेपालमा प्रतिफल खोज्छौं, बिदेशमा बिउ रोपेर

अनि कसरी प्यारो भो त नेपाल !

प्रतिक्रिया