राजधानी बसाइँले अस्मितामा जागेको यो आँट

इनेप्लिज २०७३ पुष ३ गते १४:५४ मा प्रकाशित

anta_press-release-12-18-16-page-002काठमाडौं । ग्ल्यामर्सको क्षेत्र कसलाई मन नपार्ला र ? फेरि सानैदेखिको आफ्नो रुचि नै सोही क्षेत्र भएपछि कलाकार बन्नु व्यक्तिका लागि त्यो ‘इगो’ बन्छ । तर कला क्षेत्रमा जम्न नाम र काम पाउन भने फलामकै च्युरा सरह छ । दाङ जिल्लाको त्रिपुर नगरपालिका– ९ हापुर निवासी अस्मिता मगर राम्रो कलार बन्ने सोँचमा केन्द्रित छिन् । विद्यालय अध्ययनका क्रमदेखि सानातिना सांस्कृतिक कार्यक्रममा भाग लिँदै आएकी अस्मिताले अहिले भने राम्रो गाउन र अभिनयमा दखल राख्न सक्छिन् । अस्मिातालाई राजधानीको बसाइँले आँट जगाइ दिएको छ ।

गाउँको साधारण विद्यालयमा अध्ययन गर्ने बेला आफू पनि कुनै बेला टिभी वा फिल्मको पर्दामा देखिने छु भन्ने उनलाई कहिल्यै लागेकोे थिएन । अहिले आएर त्यो सपना पूरा हुने तरखरमा छ । फिल्मका लागि उनले पहिल गरिरहेको बताइन् । ‘फिल्ममा खेल्न पाएँ भने सानो रोल पनि खेल्न तयार छु’, उनले भनिन्, ‘म्यूजिक भिडियो छ्यास छ्यास्ती बनेका छन् । त्यसमा अहिले नै खेल्ने धेरै रहर छैन । बरु फिल्म वा टेलिफिल्ममा खेल्ने मेरो ठूलो सपना छ ।’ आफ्नो आत्मविश्वासका कारण अहिले भने उनमा राम्रो प्रोजेक्टमा अभिनय गर्ने आशा जागेको छ । अभिनयप्रति रुची राख्ने अस्मिताले आफूभित्रको कलाकारितालाई धोको खुलाएर निखार्ने मौका भने पाएकी छैनन् । नाटक उनलाई मन पर्छ । ‘अभिनयको यात्रा नाटकबाट सुरु गर्दा त्यसले कुनै पनि फिल्म वा टेलिसिरियलको रौनक नै बललिदिने गर्छ’, उनले भनिन्, ‘म गाउँघरतिरका नाटकमा खेलिसकेकी छु ।’

प्रतिक्रिया