शनिबार, वैशाख १६ २०७४ | Sat, April 29, 2017
नेपालको समय: १७:१२ | Washington DC: 07:27

दुई हजारभन्दा बढी ‘अज्ञात’ चन्दामा रोक

dr-bimal-koirala-555x335

नयाँ दिल्ली, ४ पुस । भारतको निर्वाचन आयोगले सरकारलाई २ हजार भन्दा बढीको अज्ञात चन्दामा रोक लगाउन कानुनमा संशोधन गर्न आग्रह गरेको छ । निर्वाचनमा कालोधनको प्रयोगमा रोक लगाउनका लागि २ हजार भन्दा बढीको अज्ञात चन्दामा पनि प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाई छ ।

भारतमा राजनीतिक दललाई अज्ञात चन्दा प्राप्त गर्नका लागि कुनै संवैधानिक या कानुनी सीमा छैन । तर जनप्रतिनिधित्व कानुन १९५१ को धारा २९ अज्ञात चन्दाका लागि आंशिक प्रतिबन्ध रहेको छ । तर, यस्तो घोषणा केबल २० हजार रुपैयाँ भन्दा बढी चन्दाका लागि मात्रै अनिवार्य छ ।

निर्वाचन आयोगले सरकारलाई पठाएको प्रस्तावित चुनाव सुधार योजनामा २ हजार र सो भन्दा बढी अज्ञात योगदानमा प्रतिबन्ध लगाउन आग्रह गरिएको छ । सरकारले राजनीतिक पार्टीले आफ्नो खातामा पुरानो ५ सय र १ हजार दरका नोट जम्मा गर्दा आयकरमा छुट हुने घोषणा गरेको थियो ।

राजस्व सचिव हसमुख अधियाले सरकारले राजनीतिक दलका लागि उपलब्ध गराएको छुटमा परिवर्तन नगरेको र दलहरुले आफ्नो खातामा पुरानो ५ सय र १ हजार रुपैयाका नोट जम्मा गर्नका लागि स्वतन्त्र रहेको बताएका छन् । तर राजनीतिक दलहरुले २० हजार भन्दा बढि व्यक्तिगत चन्दा भने लिन पाउने छैनन् र चन्दा दिने व्यक्तिको पहिचान खुल्ने सबै कागजात सार्वजनिक गर्नुपर्ने छ ।

आयोगले गरेको प्रस्तावमा लोकसभा या विधानसभाको निर्वाचन लडेका र जित सिट हात पारेका दलहरुलाई मात्रै यसप्रकारको छुट दिनुपर्ने उल्लेख गरिएको छ । सबै राजनीतिक दललाई यसप्रकारको छुट उपलब्ध गराएमा राजनीतिक दल केवल आयकर छुटको फाइदा लिनका लागि मात्रै हुने समेत आयोगको भनाई छ । राजनीतिक दललाई आयकरमा छुट दिने विषयको भने भारतमा नै चर्को आलोचना भएको छ ।

वित्तमन्त्री अरुण जेट्लीले नोटबन्दीपछि राजनीतिक दललाई पनि कुनै प्रकारको छुट नदिइएको दाबी गरेका छन् । उनले पछिल्ला १५÷२० वर्षदेखि करका विषयका एउटै कानुन रहेको उनको भनाई छ । – एजेन्सी

 

२०७३ पुष ४ गते ३:४७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी