‘लादालाम’ को सम्झनामा यसरी रोइन् दिपाश्री (भिडियो)

इनेप्लिज २०७३ पुष ६ गते २:३५ मा प्रकाशित

deepa

काठमाडौं । स्व. कलाकार आरपी भट्टराई ‘लाजालाम’ लाई बाह्रौ पुण्य तिथिमा कलाकर्मीहरुले सम्झिएका छन् । सोमबार दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रङ्गणमा स्व।भट्टराईको तस्बिरमा फूलको गुच्छा तथा माला अर्पण गरेर उनीहरुले श्रद्धाञ्जली व्यत्त गरे । दिपकराज गिरी र दीपाश्री निरौलाको संयोजकत्वमा आयोजना भएको उक्त श्रद्धाञ्जली सभामा दर्जनौं कलाकार, प्राविधिक तथा साँगीतिक क्षेत्रका व्यत्तिहरु सहभागी थिए । दिपक र दीपा सहित बरिष्ठ कलाकार हरिवंश आचार्य, वसुन्धरा भूषाल, जितु नेपाल, मनोज गजुरेल, नारद खतिवडा लगायत कलाकारहरु सहभागी थिए । जितु नेपालले सञ्चालन गरेको शोक सभामा हरिवंश, दिपक र दिपा लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा आरपीको सम्झनामा दीपाश्री कार्यक्रममै भक्कानिएकी थिइन् । गायक समेत रहेका आरपीको गृहनगर विराटनगरमा असमायिक निधन भएको थियो ।

हेर्नुस् भिडियोः –

प्रतिक्रिया