शनिबार, वैशाख १६ २०७४ | Sat, April 29, 2017
नेपालको समय: १७:१३ | Washington DC: 07:28

उडिरहेको जहाजबाट दिशा फ्याके पचास हजार जरिवाना

plane

नयाँदिल्ली, ७ पुस । दिसापिसाब आकाशबाट फाल्ने जहाजलाई भारतमा पचास हजार रुपैयाँ जरिवाना तिराइने भएको छ । भारतको अदालतले यसरी मानव दिसा आकाशबाटै बाहिर फाल्ने जहाजलाई कारवाही स्वरुप सो रकम जरिवाना वापत तिराउने फैसला गरेको हो । जहाजहरुले विमानस्थल नजिकै आवासीय क्षेत्रमा मानव दिशा तथा फोहोरहरु फाल्ने गरेको भन्दै त्यसलाई रोक्न अदालतमा निवेदन परेको थियो ।

जहाज जम्मा भएको फोहोर तथा मानव दिसा पिसाव संकलन गरी अवतरण पश्चात व्यवस्थित गरिने गरिन्छ । पछिल्लो समय मानव बस्तीमा आकाशबाट दिसा खस्न थालेपछि यो मुद्दा अदालतसम्म पुगेको थियो । नागरिक उड्यनका अधिकारीहरुले जहाजमा भएको केही त्रुटिका कारण त्यस्तो भएको हुन सक्ने जनाएका छन् । अदालतले उड्यन प्राधिकरणलाई समस्याको समाधान गर्न निर्देशन दिएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । अदालतले नियमक निकायलाई जहाज अवतरण भइसके पछि जहाजमा मानव दिसा भए नभएको अनुगमन गर्न समेत भनेको छ । यदी जहाजको ट्यांकमा मानव दिसा फेला नपरे उनीहरुलाई कारवाही स्वरुप ५० हजार रुपैयाँ जरिवाना तिराउन निर्देशन दिइएको छ । विमानहरुलाई विपक्षी बनाइ पूर्व सैनिक अधिकारीले अदालता मुद्दा दायर गरेका थिए । – एजेन्सी

२०७३ पुष ७ गते ९:४२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी