आइतबार, असार ११ २०७४ | Sun, June 25, 2017
नेपालको समय: ०४:१५ | Washington DC: 18:30

नेपाल पुलिसलाई सुटिङमा स्वर्ण

विराटनगर, १२ पुस । पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला १० मिटर एयर राइफल टिम इभेन्ट्समा नेपाल पुलिसले स्वर्ण पदक हात पारेको छ ।

नेपाल पुलिसकी अस्मिता राई, फूलमाया क्याप्छाकी र दुर्गा सिङ्जालीको जोडीले कुल एक हजार १२२ अङ्क हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् ।

रजत पदक प्राप्त गर्न सफल मध्यपश्चिमले एक हजार ६८ अङ्क हासिल गरेर रजत पदक प्राप्त गरेका छन् । मध्यपश्चिम टिममा शान्ति विष्ट, सीता सिंह र रुशी सोमै थापामगर थिए ।

यस्तै, बीना परियार, कल्पना परियार र सुबिना तामाङ सम्मिलित नेपाली सेनाको टिमले एक हजार ५४ अङ्क प्राप्त गरेर कास्य पदक पाए ।

२०७३ पुष १२ गते ११:०६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी