शनिबार, वैशाख १६ २०७४ | Sat, April 29, 2017
नेपालको समय: १७:१२ | Washington DC: 07:27

प्रथम समृद्धि कपको उपाधि पब्लिक युथ क्याम्पसलाई

काठमाडौँ, १४ पुस । नयाँ शक्ति विद्यार्थी युनियन क्याम्पस समन्वय समितिले आयोजना गरेको प्रथम समृद्धि फुटबल कप प्रतियोगिता पब्लिक युथ क्याम्पसले जितेको छ ।

उक्त प्रतियोगितमा दोस्रो गोल्डेन गेट कलेज, तेस्रोमा आधारशीला र चौथो स्थान प्राइम कलेज भएको युनियनका प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल ७–६ गोलअन्तरमा सकिएको थियो ।

प्रतियोगिताका विजेता टिमलाई नयाँ शक्ति पार्टीका ३ नं प्रदेश संयोजक गङ्गानारायण श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रथम हुने टिमले रु ५५ हजार, दोस्रो ३५ हजार नगद र तेस्रो हुनेलाई २५ हजार नगद र शिल्ड प्राप्त गरेका छन् ।

नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको यो नै पहिलो फुटबल प्रतियोगिता हो । प्रतियोगितामा उपत्यकाका २४ क्याम्पसको सहभागिता थियो । उक्त प्रतियोगिताको उद्घाटन मङ्गलबार नयाँ शक्ति पार्टीका महिला संयोजक कल्पना धमलाले गर्नुभएको थियो ।

२०७३ पुष १४ गते ६:१४ मा प्रकाशित
One Comment on “प्रथम समृद्धि कपको उपाधि पब्लिक युथ क्याम्पसलाई”
  • alli goppiye raakhne, sunaaue wrote on 29 December, 2016, 6:35

    यो कुरो हामी हामी मै राखे बेस होला। तर हाम्रो जनजाति सबैले सुनेकोई राम्रो। मगर , गुरुंग मिलेर एउटा राज्ये बनाउने त्यो कास्की जिल्ला रे। पहिला देखि नै कास्की जिल्लामा क्षेत्री जातको जनशंख्या धेरै छ रे। कति क्षेत्रीहरुको पुर्खेउली हो रे कास्की जिल्ला । मगर , गुरुंग , हंगकंग जापान जाने पछि , कास्कीमा आएर किनको रहिछ। त्यो कास्की जिल्लामा अरु पनि अंतबाट आको रहिछ , तर भन्दैन ( मगर , गुरुंग निकै नै हो जस्तो गरेर कुरा गर्छ , तर पनि थाह हुने ) (१) मगर , गुरुंग को सबै भन्दा राम्रो रे :- तर कुनले भन्दिन्छ , तर कास्की जिल्ला क्षेत्रीहरुको हो भनेर। कुनले , कास्कीको क्षेत्रीहरुलाई , बलियो गरेर एकान्त पारेर भन्दिन्छ , ” तपाइँहरु क्षेत्रीहरुको कास्की जिल्ला हो , किन मगर , गुरुंग लाइ भन्ने ? मगर , गुरुंग को त्यहा हैन। भन्दिन्छ कुनले (२) क्षेत्रीहरुकै हो पनि। कास्कीको क्षेत्रीहरुलाई , कास्की क्षेत्रीको हो , नभनेर , कता भन्ने ? हाम्रो जिल्लामा हामरोई जिल्लाको क्षेत्री हरु छ। (३) नेपालको क्षेत्री जात उसको देश। बुढाथोकीको खोई ? थापाको खोई ? खडकाको खोई ? बस्नेतको खोई ? इत्यादि भनेर उनीहरुले खोज्दैन ? त्यही प्रदेश न ६ ( हुम्ला डोल्प कर्णाली ) टारेर होला ? सबै क्षेत्रीहरु कर्णालीको हो र ? , कर्णालीको क्षेत्रीहरु , कर्णालीमै छह (४) अर्को कुरो , सुनसरी जिल्ला पनि क्षेत्रीहरु नै थियो रे :- क्षेत्रीहरु नभएको ठाउमा खतरा र हार हुन्छ। हो यो कारणले , यिनीहरु …………..

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी