निर्माता संघको अध्यक्ष अधिकारी, महासचिवमा राणा

इनेप्लिज २०७३ पुष १४ गते ७:४९ मा प्रकाशित

kp-oli-flag

काठमाडौं । निर्माता संघको आगामी तीन वर्षे कार्यकालका लागि आकाश अधिकारी अध्यक्षमा चुनिएका छन् । बुधबार भएको मनोनयन कार्यक्रममा आकाशको विरुद्धमा अध्यक्ष अरु कसैले दाबेदारी दर्ता नगरेपछि आकाश अधिकारी निर्विरोध भएका हुन् । तर यसको औपचारिक घोषणा भने शुक्रबार हुने निर्माता संघको चौधौं साधारण सभाले गर्नेछ । संघको महासचिवमा सरोज थापा ९रोज राणा०को पनि एक्लो उम्मेदवारी परेपछि उनी पनि महासचिवमा निर्विरोध भएका छन् । दिउँसो तीन बजेसम्म राखिएको मनोनयन दर्ता समयमा कोषाध्यक्ष र सचिवमा पनि दोहोरो मनोननय परेन । कोषाध्यक्षमा सुशिल पोखरेल र सचिवमा छविराज ओझा निर्विरोध भए । छवि ओझा यसअघिका कार्यकालमा पनि सचिव नै थिए ।

आउँदो शुक्रबार हुने चुनावले अब उपाध्यक्ष र सदस्यको नाम टुंगो लगाउनेछ। उपाध्यक्षमा तीन जनाको मनोनय दर्ता भएको छ भने नौ सदस्यका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार हुने चुनावका लागि केशव भट्टराई, माधव वाग्ले र गोविन्द शाहीले मनोनयन दर्ता गराएका छन् । ९ जना सदस्यका लागि करिष्मा मानन्धर, दीपकराज गिरी, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, रौनक बिक्रम कँडेल, अर्जुन कुमार, चेतन सापकोटा, भानुप्रताप, सुशान्त श्रेष्ठ र निकिता पौडेलबीच प्रतिस्पर्धा हुनेछ । दुई जना कार्यसमितिले पछि मनोनयन गर्न पाउनेछन् ।

प्रतिक्रिया