बज्जिका लोकसाहित्य पुरस्कार गुप्ता र गिरीलाई

इनेप्लिज २०७३ पुष १४ गते २३:३४ मा प्रकाशित

renu-gupta-rautahat

बज्जिका भाषाको लोकसाहित्यको क्षेत्रमा योगदान पु¥याउनेलाई प्रदान गरिने पुरस्कार साहित्यकारद्वय रेणु गुप्ता र शीलत गिरीलाई प्रदान गरिने भएको छ । बज्जिकार्पण साहित्यिक पत्रिकामा एक वर्षमा प्रकाशित लोकसाहित्य र लोकसाहित्यसम्बन्धी रचनामध्ये एकजनालाई छनौट गरी संकलक वा रचनाकारलाई एसएस लोकसाहित्य पुरस्कार प्रदान गरिन्छ । रौतहटको विर्ता निबासी लालबाबु भन्ने योगेन्द्र साहद्वारा आफ्ना मातापिताको स्मृतिमा स्थापित एसएस लोकसाहित्य पुरस्कार २०७२ को लागि गुप्तालाई र २०७१ का लागि गिरीलाई दिने निर्णय गरिएको हो । साहित्यकार सञ्जय सुदामा र पुरस्कार संस्थापक साहले संयुक्तरुपमा गुप्ता र गिरीलाई दुई अलगअलग वर्षका लागि पुरस्कृत गर्ने निर्णय गरेका हुन् । पुरस्कारको राशि एक हजार एक रुपैया नगद र सम्मानपत्र रहेको छ ।

shital-giri-1

२०७२मा प्रकाशित बज्जिकार्पण साहित्यिक पत्रिकाका दुई अङ्कमध्ये रोपाइँको गीतको संकलनका साथै विश्लेषण गरिएको गुप्ताको रचनालाई र २०७१मा प्रकाशित पत्रिकामध्ये बज्जिकाञ्चलका वीरपुरुष लोरिकको विषयमा लेखिएको गिरीको अनुसन्धानात्मक लोकसाहित्य विषयक रचनालाई पुरस्कृत गरिने निर्णय गरिएको हो । यसअघि गुप्ताको बज्जिकाभाषी क्षेत्रमा प्रचलित लोककथाको सङ्कलन जोगी र चोरी प्रकाशित छ भने गिरीको बज्जि र बज्जिका कृति नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ ।

दुवैजनालाई पुस २३ गते शनिवार एक कार्यक्रमबीच दुवैजनालाई पुरस्कार समर्पण गरिने पुरस्कारका संस्थापक साहले जनाएका छन् ।

प्रतिक्रिया