शुक्रबार, फागुन १३ २०७३ | Fri, February 24, 2017
नेपालको समय: २२:५१ | Washington DC: 12:06
Enepalese

नेपाली विद्यार्थीलाई अमेरिकामा पुनः ‘वर्क परमिट’ सुविधा

American flag flying in the wind

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई अमेरिकी सरकारले पुनः ‘वर्क परमिट’ सुविधा दिएको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने निर्णय गरेको हो । नेपालमा गतवर्ष गएको विनाशकारी भूकम्पलगत्तै अमेरिकी सरकारले यो सुविधा दिएको थियो । यसअघिको सुविधा हालै समाप्त भएपछि अमेरिकी अध्यागमनले पुनः अवधि लम्ब्याएको हो ।

home-land-security-30122016115552-1000x0-1

डिपार्टमेन्ट प्रमुख जेह चार्ल्स जोहन्सनले महाभूकम्पबाट नेपाली परिवार प्रभावित भएको र त्यसबाट अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको भन्दै ‘वर्क परमिट’ सुविधाको अवधि थपिएको बताए । जोहन्सनद्धारा जारी विज्ञप्तिअनुसार मंगलबारदेखि दिइएको सहुलियत सन् २०१८ को जुनसम्म कायम रहनेछ । सहुलियत अनुसार नेपाली विद्यार्थीहरुले काम गर्ने अनुमति पत्र ‘वर्क परमिट’ का लागि आवेदन दिनसक्नेछन् । जुन अन्य देशबाट आएका विद्यार्थीको हकमा लागु हुनेछैन ।

२०७३ पुष १५ गते १३:२६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी