शुक्रबार, फागुन १३ २०७३ | Fri, February 24, 2017
नेपालको समय: २२:५७ | Washington DC: 12:12
Enepalese

नेजाद्वारा एनआरएन बिशेष अन्तरकृयाको आयोजना

neaja-flyer-final

डलास, टेक्सास अमेरिकामा रहेका गैरआवासियव नेपालीहरुको प्रतिनिधीमूलक संस्था एनआरएन अमेरिकासंग नेपाल अमेरिका पत्रकार संघ, नेजाले विशेष अन्तरक्रियाको आयोजना गर्ने भएको छ । एजेणडाहरूमा छलफल गर्ने नेजाले जनाएको छ । एनआरएनको वर्तमान नेतृत्वका साथै भावि नेतृत्वको तयारीमा जुटेका आकांक्षिहरुसमेत सहभागि हुने सो कार्यक्रममा वर्तमान चुनौति र भावि योजनामा वहस हुनेछ ।

 

चिसिदै गएको अमेरिकाको मौसममा यो वहसले नेपाली समुदायलाई भने राम्रैसँग तताउने अनुमान गरिएको छ । एनआरएन अमेरिकाको वार्षिक साधारण सभाको भोलिपल्ट डलासमा यहि जनवरी १५ तारिख आईतबार ११ बजे कार्यक्रम तय भएको नेजाका क्षेत्रिय संयोजक किसन रेग्मीले जानकारी दिनुभयो । विश्वको सवै भन्दा शत्तिशाली देश अमेरिमा रहेका नेपालीहरुले राम्रै सहभागिता जनाएको एनआरएन अमेरिकाले एनसीसीमा भने प्रभावशालि उपस्थिति जनाउन सकेको छैन । सोभियत यूनियनवाट छुटिएका राज्यहरुका साथै जापान र अष्ट्रिेलियाको दवदवामा रहेको एनआरएन केन्द्रिय नेतृत्वमा अमेरिकन नेपालीको फिक्का उपस्थिति आफैमा लज्जास्पद छ । एनआरएन अमेरिका फुटेर होइन जुटेर गएमा केन्द्रिय नेतृत्वका लागि राम्रै दवाव सिर्जना गर्नसक्छ । यसका लागि वर्तमान नेतृत्व र भावि नेतृत्वको दौडमा रहेकाहरुको विचार मन्थन सान्दर्भिक देखिएकाले कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष भोला आचार्य बताउनु हुन्छ । केन्द्रमा धक्का दिन सक्ने एनआरएन अमेरिका वनाउन कस्तो योजना र नेतृत्व आवश्यक छ भन्ने विषयमा छलफल केन्द्रित हुने छ ।

कार्यक्रम : नेजा-एनआरएन बिशेष अन्तरकृया

मिति: जनवरी १५ तारिख, २०१७

स्थान: नेपाली मन्दिर, डलास, टेक्सास

समय: विहान ११  बजे

२०७३ पुष १९ गते ७:४० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी