सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: १६:४६ | Washington DC: 06:01

ड्यालसमा एनआरएनएको पाँचौ सम्मेलन

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको पत्रकार सम्मेलन ड्यालसमा आईतवार सम्पन्न भयो । उक्त पत्रकार सम्मेलन यही १४ जनवरी शनिवारका दिन हुन लागेको एनआरएनएको पाँचौ सम्मेलनको  जानकारि दिन गरिएको हो ।
 उक्त सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. केशव पौडेलले भन्नु भयो ” अमेरिकामा गैर आवाशीय संघ एनआरएनएको नीति तथा कार्यक्रम,  सम्मेलनमा यस वर्षको नारा  भिजन २०२० एण्ड वियोण्ड ,सदस्यता वितरण संवन्धी सरलीकरण र हाल सम्म हामीले गरेका काम र हाम्रो फ़ेहरिस्त वोकेर हामी यहाँहरू सबै साधारण सदस्य माँझ उपस्थित हुने छौ”।
स्मरणीय रहोस् एनआरएनए अमेरिकाको पाँचो सम्मेलन अमेरिकाको ड्यालसमा यही जनवरी १४ तारिख शनिवारका दिन अमेरिकाको ५० वटै राज्यहरु तथा विभिन्न मुलुकहरुबाट गरि झण्डै पाँचसय भन्दा बढी नेपालीको सहभागिता रहने गरि सम्मेलनको अन्तिम तयारी लगभग पुरा हुन लागेको छ ।
उक्त कार्यक्रममा एनआरएनएको यस कमिटीले  विगत १८ महिना देखि हालसम्म के के गर्यौं र बाँकी ६ महिनामा गर्नु पर्ने के कति कामको रोड म्याप तयार गरिएको छ भन्ने वारेमा पनि  सम्मेलनमा व्यापक समिक्षा हुनेछ र त्यसको पूर्ण तयारिमा एनआरएनए जुटेको छ । सो सम्मेलनमा नेपालबाट परराष्ट्रमन्त्री प्रकाशशरण महत आउनु हुने छ ।
एनआरएन अमेरिकाले गर्नु पर्ने काम र कर्तव्यको वारेमा राय सुझाव र सल्लाह दिने सबैवाट आएका कुराहरूलाई एनआरएनएले सँधै  सकारात्मक रुपमा लिने छ । यस्ता आलोचना र सुझावले संस्थालाई जीवन्त राख्नमात्र नभै सकृय राख्न समेत थप बल पुग्ने विश्वास एनआरएनए अमेरिकाले लिएको छ ।
 ड्यालसको फोर पोइन्ट होटल सेराटनमा हुने उक्त कार्यक्रममा झण्डै पाँच शय भन्दा वढीको सहभागिता हुने छ भने हालसम्म सो होटलको ६५ प्रतिशत कोठाहरु  बुकिङ भैसकेका छन् । नेपालीहरूको घना तथा व्यवस्थित वस्तिको नामले चर्चित ड्यालसमा अमेरिकामा रहेका सामाजीक, आर्थिक र राजनीतिक हिसावले उचाई बनाएका नेपालीहरुले समेत आफ्नो अनुभव साटासाट गरि यो एनआरएनएको पाँचौ सम्मेलनमा नेपाली समाजलाई पनि एउटा उचाईमा पुर्याउने विश्वास आम नेपालीले लिएका छन् ।
पत्रकार सम्मेलनमा वोल्दै एनआरएन अमेरिकका उपाध्यक्ष तथा सम्मेलन तयारी समितिका संयोजक राम सी पोखरेलले भन्नु भयो “एनआरएनले आगामी दिनमा लिनुपर्ने एजेण्डा, आर्थिक नीति, विधान लगायतका विषयमा सम्मेलनमा दिनेछ । ‘समय अनुसार एनआरएनले उठाउने मुद्धाहरु पनि परिवर्तन हुँदै गएको सन्दर्भमा हामीले आगामी दिनमा सदस्यहरुको समस्या, आर्थिक विकासका कुराहरुलाई पनि प्रमुखताका साथ राख्ने तयारीमा जुटेका छौं”।
पत्रकार सम्मेलनमा एनआरएन अमेरिकाका कार्यकारिणी सदस्य विनोद तिवारी,सम्मेलन तयारी समितिका सह-संयोजक तथा कार्यक्रममा आतिथ्यता प्रदान गर्ने एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष उत्तम लामिछाने,नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले पनि एनआरएनएको पाँचौ सम्मेलन सम्पन्न गर्न कुनै कसर बाँकि नराख्ने कुरा राख्दै कार्यक्रम सफल पार्न सबैलाई आग्रह गर्नु भयो । उक्त कार्यक्रम माँ टेक्ससबासीका तर्फबाट सम्मेलनमा सहभागी हुन आउनेहरुलाई जनवरी १३ तारिक साँझको डिनर व्यबस्था पनि गरिएको छ ।
कार्यक्रममा एनआरएन अमेरिकाका सल्लाहकारद्वय गौरी जोशी र सुनिल शाहले सम्मेलनलाई सफल बनाउन थप आर्थिक सहयोगका लागि सम्पूर्ण संघ संस्था लगायत चन्दा दाता र उधोग पतिहरूलाई अपिल समेत गर्नु भएको छ ।
उक्त कार्यक्रममा सहभागी हुने सम्पूर्ण महानुभावहरुले अनलाइनबाट समेत दर्ता गर्नसक्नु हुनेछ । सो कार्यक्रम माँ अनलाइनबाट दर्ता गर्दा ४० डलर तिर्नुपर्ने हुन्छ भने कार्यक्रम स्थलमै आई सम्वन्धित ठाउँमा  दर्ता गर्दा ५० डलर शुल्क तिर्नु पर्ने हुनेछ ।
–सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएन , अमेरिका
२०७३ पुष २१ गते २३:५१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी