अमेरिकामा नेपाली चेली रिनाको हत्या ,आरोपी उनका पति भारतीय मूलका जादव पक्राउ ,अदालतको सुनुवाई जारी

इनेप्लिज २०७३ पुष २२ गते २:५७ मा प्रकाशित

 

अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० बर्षिय नेपाली चेली रिना जादव (श्रेष्ठ )को हत्या भएको समाचार छ l उनि मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको छ l र ,उनलाई भुत्ते हतियार द्वारा बलपूर्वक हिर्काएर मारिएको ठहर चिकित्सा अनुसन्धान परिक्षण अधिकारीले गरेका छन् l

हानोभर काउन्टी प्रहरी अधिकृत अनुसार उनलाई मारिएको भोलि पल्ट आफु बस्ने घर नजिकै बारीमा उनको लास फेला पारेको थियो l उनको पति हर्षद कुमार जादव लाई पत्नी को हत्या गरेको अभियोगमा पकाउ गरेर मुद्धा चलाईएको छ l

भारतीय मूलका ३३ बर्षिय सुसंख्या विश्लेषक (कम्पुटर प्रोग्रामर ) ले जब उनलाई उनको घरमा पक्राउ गरियो उनको साथमा १० का हजार डलर नगद तथा राहदानी समेत प्राप्त भएको अदालतमा वादीले बताएका थिए l

आरोपी जादव भाग्ने शुरमा हुन् सक्ने बताएता पनि उनका वकिलले त्यो कानुनी परामर्शको लागि उनले रकम ल्याएको कुरा तर्क गरेका छन् l उनले धरौटीमा छुट्ने निबेदनलाई अदालतले अस्विकार गएकोमा मृतक रिना को दाजु गौरब जी श्रेष्ठले हर्ष व्यक्त गरेको कुरा उनले सिविएस ६ लाई बिधुतिय डाक (इमेल )मार्फत जानकारी दिएको डब्लुटिभीआर डट कममा समाचार छ l

दाजु गौरब जी श्रेष्ठले रिना ले न्याय पाउने छिन् भन्ने कुरामा समेत आशाबादी रहेको उक्त पत्रिकामा दिएको अन्तर्वार्तामा लेखेको छ l उनले ३० बर्ष सम्म संगै बसेकी आफ्नी बैनीको हरेक कुरा सम्झना रहेको र झल्झली याद आउने उनले बताएका थिए l

छिमेकिहरुले दिएको बयान अनुसार हत्या हुने दिन राति ११ बजे तिर चिच्याएको आवाज सुनिएको समेत बताएका थिए l हत्या भएको अर्को दिन बिहान ५ बजेर ४३ मिनेटमा रिनाको लाश हानओभर काउन्टी प्रहरी कार्यालयले फेला परेको थियो l मृतक रिना र आरोपी उनका पति हर्षद कुमार जादव अर्कार्ड मिडो सडक को १० हजार १ सय भवनमा बस्दथे l

रिना को बिबाह भएको ४ बर्ष भएता पनि सन्तान नभएको उनका दाजुले जानकारी दिएका थिए l अमेरिकाको श्रम दिवसको दिन बिहान रिनाको शव नजिक सवारी साधनको गाडीको बत्ती बलिरहेको र चालक तर्फको ढोका पनि खुला पाईएको थियो l उनका पतिलाई हानओभर काउन्टी सर्कुट अदालत बाट गिरफ्तारी अधिकार लिदै प्रहरीले रिनाको पति को घरमा छापा मरेको थियो l

दाजु गौरबका अनुसार आफ्नी बैनी निकै प्रतिभाशाली कलाकार समेत रहेको बताएका छन l श्रोत अनुसार रिना चित्र कला बनाउन रमाउने र बासुरी समेत बजाउने गर्ने गर्थिन l र बैंकमा काम गर्ने बताएका थिए l हर्षद कुमार जादव लाई पामुङ्के क्षेत्रीय कारागारमा राखिएको जानकारी प्रहरी अधिकृतले दिएका छन् l

रिनाको हत्या गत सितम्बर ५ ,२०१६ तारिखमा भएको हो भने उनका आरोपी पति हर्षद कुमार जादवलाई सितम्बर १२ ,२०१६ तारिखमा गिरफ्तार गरिएको छ l रिनाको दाह संस्कार सितम्बर १० ,२०१६ तारिख रिचमण्ड स्थित ब्लिलेज स्टाप्ल्स मिलमा नजदिक का आफन्त तथा नातेदार बिच गरिएको समाचार स्थानीय पत्र पत्रिकाले लेखेका छन् l

हत्याका आरोपी हर्षद कुमार जादव को अदालती प्रारम्भिक सुनुवाई गत दिसेम्बर १५ ,२०१६ तारिख १ :३० बजे हानोभर जुभेनाइल एण्ड डोमेस्टिक रिलेसन डिस्ट्रिक कोर्ट मा रहेको थियो l

स्थानीय पत्र पत्रिका ,प्रहरी तथा भिडियो समेत का सम्पूर्ण जानकारी : तस्बिर तथा समाचार श्रोतहरु :

HCSO – UPDATE 3- Death Investigation-September 2016

http://wtvr.com/2016/09/15/weapon-used-to-kill-hanover-woman-found-in-husbands-clothes-lawyers-said/

http://www.richmond.com/obituaries/article_e052b058-2ed5-527b-af3b-544db891d85e.html

http://www.richmond.com/news/local/crime/article_6b066ae1-18a1-5424-a888-0b81e71eff0d.html

http://www.legacy.com/obituaries/richmond-va/obituary.aspx?n=reena-jadav&pid=181349637

http://www.nbc12.com/story/33026430/mechanicsville-woman-identified-in-hanover-death-investigation

 

 

 

 

प्रतिक्रिया