मंगलबार, असार १३ २०७४ | Tue, June 27, 2017
नेपालको समय: ११:०४ | Washington DC: 01:19

अनेसास महिला समितिमा भारती गौतम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिको अध्यक्षमा साहित्यकार भारती गौतमलाई चयन गरिएको छ |

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो |

समितिले आगामी तेश्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन सिक्किममा गर्ने छ भने महिला सर्जकको सिर्जना संकलन गरेर कृति प्रकाशन गर्ने छ |

प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २००९ का संयोजक साहित्यकार गौतमका कविता , सस्मरणलगायतका विधामा कृति प्रकाशित छन् |

२०७३ पुष २२ गते २१:५८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी