अमेरिकी निर्वाचनलाई प्रभाव पार्न रुसका राष्ट्रपति पुटिनको ठाडो आदेश भएको खुलासा

इनेप्लिज २०७३ पुष २३ गते ३:१७ मा प्रकाशित

Generated by IJG JPEG Library

विश्व मै अन्तर्जालमा बिषाणु फैलाउन ,व्यक्तिगत ,सरकारी ,निजि क्षेत्र लगायत सम्पूर्ण क्षेत्रमा अनधिकृत प्रवेश (ह्याक ) गर्न र गराउन नाम चलेको देश मध्ये कै रुस पनि एक देश हो l अधिकांसलाई यसबारे ज्ञान पनि छ l अमेरिकाको निर्वाचन को प्रारम्भिक चरण देखि नै रुस बाट अनधिकृत प्रवेश (ह्याक ) गरेको दाबी अमेरिकाले पहिले देखि नै गर्दै आएको हो l पटक पटक यस बिषयमा गम्भीर छलफल समेत गर्ने गरेको थियो l गत बर्ष भएको राष्ट्रपतीय निर्वाचनको बहस कार्यक्रममा बारम्बार चर्चा परि चर्चामा पर्यो l

हिलारीले दाबा का साथ रुस को संलग्न भएको बताइन l ट्रंपले खिल्ली उडाए किनभने रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उनका समर्थक हुन् भन्ने बुझेका थिए l उनले पुटिन माथि कहिले नराम्रो शब्द चुहाएनन बरु प्रशंसा गरे l

तर यस बिषयमाअमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप ले बिबादास्पद टिप्पणी गरेको कारण अमेरिकाको गुप्तचर समुदायले जनवरी ६ तारिख अमेरिकन जनता तथा ट्रंप लाई छर्लंग बनाई दिएका छन् l

अमेरिकाको युएस इन्टेलीजेन्स कम्युनिटीले प्रतिबेदन सार्बजनिक गरेको छ l उक्त संस्थाले निचोड दिदै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निर्वाचन अभियानलाई प्रभाव पार्नु भनि ठाडो आदेश दिएको प्रतिबेदन प्रस्तुत गरेको छ l

जस्को अभिप्राय सन् २०१६ को राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनलाई चोट पुराउने र डोनाल्ड ट्रंप लाई सहयोग गर्ने रहेको स्पष्ट पारि दिएको छ भनि उक्त प्रतिबेदनमा जनाएको छ l यति मात्र सिमित नभई रुसले मुख्य डेमोक्र्याटिक समुह ,व्यक्तिगत तथा क्लिन्टन चुनाब अभियानका सभापति जोन पोदेस्टा समेतलाई अनाधिकृत प्रवेस (ह्याक )ले प्रभाव पारेको भनेको छ l

अनाधिकृत प्रवेस (ह्याक ) गरि विकिलिक्स तथा थुप्रै अन्य पक्ष मार्फत सूचना प्रकाशित गरेकोले युएस इन्टेलीजेन्स कम्युनिटीले रुसको अभिप्रायपूर्ण फैलाव र लामो समय देखि अमेरिकाको उदार प्रजातान्त्रिक प्रणालीलाई कमजोर बनाउन प्रयासरत रहेको ठहर गरेको छ l आज सार्बजनिक गरेको उक्त प्रतिबेदन आधिकारिक रुपमा पहिलो र पूर्ण रुपमा रहेको थियो भनि सीएनएनमा समाचार छ l

यस बिषयमा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपलाई पनि उक्त युएस इन्टेलीजेन्स कम्युनिटीले भेटघाट गरि सबै कुरा जानकारी दिई सकेका छन् l

प्रतिक्रिया