ट्रंप को सपथ ग्रहणमा जन सागर उर्लिने ,कडा सुरक्षाको प्रबन्ध ,२६ वटा समूहले जुलुस निकाल्ने

इनेप्लिज २०७३ पुष २४ गते २:३२ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप आगामी जनवरी २० तारिख देखि राष्ट्रपति डोनाल्ड ट्रंप विधिवत रुपमा हुने छन l अमेरिकाका संचार माध्यम अनुसार करिब १० लाख मानिस सहभागी हुने अनुमान गरिएको छ l डीसीमा सधै झैँ कडा सुरक्षा अपनाईने भएको छ l

अमेरिकामा विरोध जनाउन कानुनले दिने हुनाले उक्त उद्घाटन समारोहमा विरोध जनाउन झन्डै दुई दर्जन भन्दा ज्यादा समुहले डीसीमा विरोध तथा समर्थन गर्ने स्वीकृत समेत लिएका छन् l डीसीका संघीय तथा स्थानीय अधिकारीले २६ वटा विरोध समुहले बिरोध गर्ने स्थान समेत तोकेका भएता पनि निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपको उद्घाटन लाई कुनै असर नर्पने गरि स्थान व्यवस्था गरिदै गरेको जनाएको छ l

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपको सपथ ग्रहण समारोहमा १ सय ७५ मिलियन देखि २ सय मिलियन ( २० करोड डलर )खर्च हुने भनि वाशिंगटन पोष्टमा समाचार छ l जस मध्ये ७० करोड डलर निजि दाता बाट आउने र बाकी रकम संघीय सरकार बाट आउने जनाएको छ l

बराक ओबामा दोश्रो पटक राष्ट्रपतिमा पुन : निर्वाचित भए पछि करिब १ सय ७० मिलियन ( १७ करोड डलर ) लागेको थियो l सम्पूर्ण खर्च करदाता ले तिरेको कर बाट भुक्तानी गरिन्छ l

बिरोध तथा समर्थन स्वरुप जुलुस निकाल्ने यस पटक सधै को भन्दा चार गुना बढी भएकोले हुनाले ति बिरोध तथा समर्थन समेत गर्ने समुहलाई उचित स्थान व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ l विरोध जुलुस निस्कने समेत भएकोले सुरक्षाका सबै कडा बन्दोवस्त गरिने भएको छ l सपथ ग्रहण समारोहमा अमेरिकाका ५० वटै राज्यहरुबाट सहभागी आउने छन् भने डीसी क्षेत्रका पाँच तारे देखि सबै प्रकारका अतिथि गृहहरु अत्यधिक रुपमा चाप बढ्ने देखिएको छ l

डीसीमा १ हजार ५ सय भवन प्रबन्धकहरु (सुरक्षा निगरानी राख्ने ) ले डीसीका कार्यालय तथा निजि घरमा कडा निगरानी राख्ने समेत भएका छन् l उक्त सपथ ग्रहण समारोहमा भित्रि भाग जान समेत निषेध गरिने तथा ठुलाठुला भिड लाई नियन्त्रण गर्ने काँडे तारका तगाराहरुको राम्रो व्यवस्था गरिएको जानकारी डीसीका नगर प्रमुखले दिएकी छिन् l

सुरक्षालाई मध्य नजर गर्दै कम्तिमा डीसी भित्रिने ५ वटा डिब्बे गाडी (रेल) का सुरुङ्ग मार्ग बन्द गरिने भएको छ l अत्यधिक सवारी साधन ओहोर दोहोर हुने अन्य महत्वपूर्ण स्थान बाट डीसी छिर्ने स्थानमा सवारी साधनलाई रोक्ने र हिडेर जाने गरिने भएको छ l

करिब ५ हजार राष्ट्रिय सुरक्षा कर्मी तैनात गरिने को साथै ३ हजार अतिरिक्त प्रहरी अधिकृतहरु देशका विभिन्न भाग बाट मगाईएका छन् l सुरक्षाको लागि बाहिर बाट आउनेहरु जनवरी १८ भित्र डीसी पुग्ने छन् l सन् २००९ मा बराक ओबामाको सपथ ग्रहणमा १८ लाख मानिस आएका थिए भनि युएसए टुडे ले समाचार लेखेको छ l

डीसी को ३ करोड डलर खर्च हुने अनुमान गरिएको छ भने संघीय सरकारले १९ करोड डलर खर्च बिनियोजन गरेको छ l अपुग खर्च संघीय सरकारले गर्ने आशामा डीसी महानगर पालिका विश्वस्त रहेको जनाएको छ l

 

प्रतिक्रिया