बेलायतमा गायक थिर थापाको एकल सांगीतिक कार्यक्रम भव्य सम्पन्न

इनेप्लिज २०७३ पुष २५ गते ०:३४ मा प्रकाशित

लण्डन, पौष २४ । लण्डन नजिकैको जिल्ला केन्टस्थित आसफोर्ड सहरको प्रख्यात  नेपाली रेष्टुरेन्ट गोर्खा भिल्लामा विश्व नेपाली साहित्य महासङ्घ शाखा बेलायतको आयोजनामा गायक थिर थापाको एकल सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरियो ।

 

कार्यक्रमको प्रारम्भमा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष साहित्यकार विश्वास दिप तिगेलाले प्रमाणपत्र साथै दोसल्ला दिएर सम्मान गरेका थिए । त्यसै गरि महासंघ साउथ शाखा बेलायतका अध्यक्ष वातावरणविद तथा साहित्यकार विजय हितालले दोसल्ला अोडाएर सम्मान गरिएको सत्रमा विभिन्न ठाउँहरुबाट उपस्थिति रहेका बृद्ध बृद्धा लगायत गायकका अामा ८५ बर्षिय बृद्धा फिस्टिमाया थापाले गायक थापालाई अाशिर्वाद दिएकी थिईन ।

 

एकल सांगीतिक कार्यक्रमलाई पत्रकार जानुका राईले मनोरञ्जनात्मक मुक्तक वाचन गर्दै  कार्यक्रमलाई अघि सारेकी थिईन् ।

 

केन्ट,आसफोर्ड सहरको नेपाली रेष्टुरेष्टमा आईतवार दिउँसो १ बजे शुरु गरिएको सुगमसंगीतको कार्यक्रममा पहिलो चरणमा अग्रज गायकहरुको सम्झना गर्दै स्वः गायक  गोपाल योन्जनले गाउनु भएको ‘घर त मेरो हिमाली पाखा वेशि हो रे’ ‘ सान नानीको गालैमा कालो  कोठि’, ‘ फगत एक नजर’, ‘ जुनि भरि लाई’ , ‘ खोला वारि खोला पारी’ सिरिमा सिरि नी कान्छा’ लगायत डेढ दर्जन भन्दा धेरै गीतहरु प्रस्तुति दिएर उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।

 

उक्त कार्यक्रमको दोस्रो चरणमा गायक मोहन लिम्वुले ‘खोटाङ बजार ‘ बोलको गीत प्रस्तुत गरेका थिए । संघका उपाध्यक्ष अाैतारी साईलाले ‘भुकम्प ‘ नामक कविता बाचन लगत्तै  साहित्यकार सुष्मा रुपावुङ राईले प्रदेशी भुमिमा रहेपनि गाउँ घरको यादहरुलाई कविता बाचन मार्फत सम्झना पुर्‍याएकी थिईन ।

 

पुर्वको पशुपतिनाथ मानिने जिल्ला खोटाङमा जन्मिएका थापाले वि.स. २०४७सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका हुन् ।

 

बाल्यकाल देखि नै गीतसंगीतमा रुची भएका गायक थापाले विद्यालय, कलेज, विश्वविद्यालय लगायत अनेक स्टेज कार्यक्रमहरुमा सांगीतिक प्रस्तुति दिदै आईरहेका छन् । उनले वि. स.२०५८ सालमा ‘विहानी’ नामक गीति एल्बम पहिलो सौगात स्वरुप नेपाली श्रोता माझ सार्वजनिक गरेका थिए । बरिष्ठ गायक शिलाबहादुर मोक्तान, धनबहादुर गोपाली, र सि.बी. क्षेत्रीबाट सङ्गीतको शिक्षा लिएको उनले बताए ।

 

लामो समय देखि अध्यापन क्षेत्रमा आबद्ध रहेका गायकले त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर हासिल गरिसकेका छन । थापा पछिल्लो समय बेलायतमा रहदै आउनु भएको छ । उनको ऐतिहासिक एकल प्रस्तुतीको निम्ति शाखाका महासचिव पत्रकार जानुका राई र सचिव गीतकार करिष्मा घमले कार्यक्रको संयोजन  गरेकी हुन् ।

 

एकल सांगीतिक कार्यक्रममको अन्त्यतिर गायक थापाले  अहिलेको चर्चित नेपाली फिल्म गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिईएका कार्यक्रमलाई अध्यक्ष हितालले उपस्थित दर्शकहरुलाई धन्यवाद साथै गायक थापालाई बधाई दिदै अाैपचारिक रुपमा कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया