बुधबार, कार्तिक १ २०७४ | Wed, October 18, 2017
नेपालको समय: ००:२७ | Washington DC: 14:42

नेपाली विद्यार्थीले जितिन अमेरिकाको उत्कृष्ट अवार्ड

काठमाडौं, २५ पुस । नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ ।

 

काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेको हो ।

 

सन् २०११ मा फ्लोरिडा भर्ना हुनुभएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहेको छ । विद्यावारिधिको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको छ ।

 

काठमाडौँ युनिभर्सिटी हाईस्कुल धुलिखेल ९काभ्रे० बाट प्रवेशिका गरेकी पौडेलले मल्पी इन्स्टिच्युट लाजिम्पाटबाट गणित बायोलोजी र केमेस्ट्रीमा ‘ए’ लेवल गरेको थियो । उनले अमेरिकाकै भर्जिनियास्थित रेन डोल्फ कलेजबाट बायोलोजी र गणितमा बिएस्सी गरेको छ । रासस

२०७३ पुष २५ गते ११:४९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी