भक्तपुर क्यान्सर अस्पतालमा अभिनेत्री मनीषा कोइराला

इनेप्लिज २०७३ पुष २५ गते ११:५५ मा प्रकाशित

 

काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइरालाले भक्तपुरस्थित क्यान्सर अस्पतालको अबलोकन गरेकी छिन् ।

 

भक्तपुरस्थित क्यान्सर अस्पताल पुगेकी मनीषाले त्यहाँका निर्देशक, चिकित्सक, नर्स र सम्पूर्ण टिमसँग भेटघाट गरेको बताएकी छिन् । उनले क्यान्सरको उपचारमा खटिएको टिमलाई बधाइ र शुभकामना पनि दिएकी छिन् ।

 

बलिउड अभिनेत्री मनीषा कोइरालाले भक्तपुर क्यान्सर अस्पतालका टिमसँग सँगै तस्बिर खिचाएकी पनि छन् । उनले सो तस्बिर शनिबार आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन् । यो तस्बिरले मनीषा क्यान्सर रोग र उपचार पद्धतिका विषयमा सबैमा जागरुकता ल्याउन चाहन्छिन् भन्ने देखाउँछ ।

 

कुनै बेला क्यान्सर रोगबाट गुज्रिएकी अभिनेत्री मनीषा कोइरालाले सो रोगसँग नआत्तिन सबैलाई सुझाव दिँदै आएकी छिन् । उनले समयमा उपचार गर्दा क्यान्सर रोग निको हुने उनले आफ्ना अन्तर्वार्ताहरूमा बताउँदै आएकी छिन् ।

 

भक्तपुरस्थित क्यान्सर अस्पतालले ठूला ठूला क्यान्सर रोगको समेत उपचार गर्दै आएको छ । यो स्पतालको सेवाका कारण धेरै खर्च नहुने नेपाली जनतालाई ठूलो राहत दिएको छ ।

 

प्रतिक्रिया