शनिबार, वैशाख १६ २०७४ | Sat, April 29, 2017
नेपालको समय: १७:१२ | Washington DC: 07:27

मेस्सीलाई उछिन्दै रोनाल्डो बने वर्षकै उत्कृष्ट खेलाडी

काठमाडौं, २६ पुस । पोर्चुगिष्ट स्टाइकर क्रिष्टियानो रोनाल्डो विश्वमै यस वर्षको उत्कृष्ट खेलाडी बनेका छन् ।

आफ्ना प्रतिद्वन्द्वी स्पेनिस स्टाइकर लियोनल मेस्सीलाई उछिन्दै रोनाल्डोले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने बेष्ट फिफा फुटबल अवार्ड जितेका हुन् ।

गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड जितेका पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले बेष्ट फिफा फुटबल अवार्डमा मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई उछिने ।

फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो ।

रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ । दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए । यस्तै अमेरिकाकी कार्ली लोइड वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।

अवार्ड जितेपछि रोनाल्डोले भने ‘यो वर्ष मेरो अहिलेसम्मकै उत्कृष्ट रह्यो । पोर्चुगलका लागि जितेको ट्रफी निकै उत्कृष्ट रह्यो । म खुशी छु र च्याम्पियन्स लिगको ट्रफी पनि म बिर्सन सक्दिन । समूहगत तथा व्यक्तिगत रुपमा अवार्ड जित्न पाउँदा म निकै खशी छु ।

२०७३ पुष २६ गते ८:३८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी