मंगलबार, भदौ ६ २०७४ | Tue, August 22, 2017
नेपालको समय: १३:०२ | Washington DC: 03:17

पाकिस्तानले पहिलोपटक गर्यो ‘क्रुज मिसाइल’को सफल परीक्षण, भारतमा खैलाबैला

 

काठमाडौं, २६ पुस । पाकिस्तानने पहिलोपटक पनडुब्बीबाट क्रुज मिसाइल बाबर–३ को सफल परीक्षण गरेको दाबी गरेको छ ।

पाकिस्तानको इन्टर सर्विसेज पब्लिक रिलेशन्स (आइएसआरपी) का निर्देशक जनरल मेजर जनरल आसिफ गफूरले ट्विटर मार्फत यस्तो दाबी गरेका हुन् ।

आइएसआरपीका डीजी गफूरका अनुसार परमाणु क्षमताबाट लैस बाबर–३ मिसाइलको क्षमता ४५० किलोमीटर छ । यसलाई हिन्द महासागरमा एक गुप्त स्थानबाट छोडिएको थियो । पाकिस्तानी सेनाले बाबर–३ कैयौं उपकरण लिएर जान सक्षम छ र यसले पाकिस्तानको परमाणु हमलाको जवाब दिने क्षमता राख्ने छ ।

भारतीय रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार पाकिस्तानको यस दाबीमाथि भारतीय सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । उहाँले भारतले २००८ मा पनडुब्बीबाट परमाणु क्षमता भएको मिसाइलको सफल परीक्षण गरेको थियो भने २०१३ मा क्रुज मिसाइलको पनि सफल परीक्षण गरेको थियो । यसका साथै पछिल्लो पटक पनि भारतले परमाणु क्षमताको लैस अग्नी–४ र अग्नि–५ मिसाइलको पनि सफल परीक्षण गरेको थियो ।

पछिल्लो पटक लामो समयदेखि भारत र पाकिस्तानकाबीच सीमा क्षेत्रमा तनाव उत्पन्न हुँदै आएको छ । में १९९८ मा परमाणु परीक्षणपछि दुई देश फरक–फरक क्षमताका मिसाइल तयार गर्नमै व्यस्त छन् ।

पाकिस्तानने पहिलोपटक पनडुब्बीबाट क्रुज मिसाइल बाबर–३ को सफल परीक्षण गरेपछि भारतमा नयाँ तरंग पैदा भएको छ । सुरक्षा निकायमा खैलाबैला मच्चिएको छ ।

२०७३ पुष २६ गते ८:४० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी