बिहीबार, वैशाख १४ २०७४ | Thu, April 27, 2017
नेपालको समय: ०५:१५ | Washington DC: 19:30

‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा अवार्डका लागि मनोनयन, यो महिना चार वटा देशका चलचित्र महोत्सवमा


काठमाडौँ, २६ असोज । लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले  बाँचेकाहरु –नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स’ अमेरिकामा अवार्डका लागि मनोनयनमा परेको छ ।
जनवरी २० तारिखदेखि अमेरिकाको लस एन्जलसमा हुन लागेको एशियन्स अन फिल्म महोत्सवको डकुमेन्ट्री विधामा अवार्डका लागि मनोनयनमा परेको हो । यो सँगै चारवटा फिल्म उत्कृष्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको वृत्तचित्रकी निमात्री शारदा गैरेले बताइन् ।
उनका अनुसार, जनवरी महिनामा मात्र नेपालसहित चारवटा देशका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग्यले बाँचेकाहरु प्रदर्शन हुँदैछ । धरानमा सुरु भएको अन्तर्राष्ट्रिय फिल्म महोत्सव अफ नेपालमा आगामी जनवरी १४, भारतको राजस्थानमा हुन लागेको राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जनवरी १६, बंगलादेशको ढाका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जनवरी १७ र अमेरिकाको लस एन्जलसमा हुने एशियन्स अन फिल्म फेस्टिबलमा जनवरी २१ मा भाग्यले बाँचेकाहरु प्रदर्शन हुन लागेको हो ।
नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । पछिल्लोपटक भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग्यले बाँचेकाहरुले उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।
साइन मिडिया प्रालिले निर्माण गरेको भाग्यले बाँचेकाहरुको निर्देशन गणेश पाण्डे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।

२०७३ पुष २७ गते १:३२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी