मंगलबार, असोज ३१ २०७४ | Tue, October 17, 2017
नेपालको समय: ०७:४९ | Washington DC: 22:04

ओबामा आफ्नो अन्तिम भाषणमा आफु रोए र छोरीलाई पनि रुवाए

विजय थापा ,वासिंगटन डिसी

अमेरिकाका राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालको अन्तिम भाषण गर्ने क्रममा सिकागोमा भावुक मात्र भएनन् उनि रोए l र उनि रुमाल ले आँसु पुछे भने आफ्नो अगाडी बसेकी छोरीले पनि मन थाम्न सकिनन् र उनि पनि रोईन l

प्रथम महिलामिसल ओबामा निकै भावुक बनिन l मिसल ओबामा कै छेउमा बसेका राष्ट्रपति जो बाईडन लाई प्रसंसा मात्र गरेनन आफुले दाजु पाएको भने l ओबामाले मिसल मेरो पत्नी मात्र हैन ,छोरीकि आमा मात्र पनि हैन मेरो एक असल साथी हो भन्दा कर्तल ध्वनि वरपर बाट गुन्जयमान भएको थियो l

उनले मन्तब्य क्रम मा हाम्रा संस्थापकले हामीलाई बृहत उपहार दिएको छ भने l हाम्रो विकास उच निच भएको भन्दै ईरान को आणविक हतियार बन्द गर्न सफल भएको भन्दै सेप्टेम्बर ११ का योजनाकार लाई समेत हटाएको स्मरण गराए l

ओबामाले हामी राष्ट्रपति भए पछि अमेरिका अझ राम्रो र शक्तिशाली भएको मन्तब्यको क्रममा राखे l र अब केवल १० दिन मात्र आफ्नो कार्यकाल रहेकोले १० दिन भित्रमा बिश्वले अब हाम्रो प्रजातन्त्रको प्रमाण चिन्ह परिवर्तनको साक्षी हुने बताए l १० दिन भित्र हामी शान्तिपूर्ण रुपले हामी हाम्रो शक्ति हस्तान्तरण गर्ने जताए l र उनले जर्ज बुसले पनि यसरी नै गरेको स्मरण गराए l

मन्तब्य कै क्रममा उनले राजनीति भनेको ज्ञान को युद्ध हो भने l उनले अहिले सम्म गरेको धरै भाषण मध्ये कै सर्बोकृष्ट भाषण भएको टिका टिप्पणी सामाजिक संजालमा प्रतिक्रिया आई रहेको छ l

२०७३ पुष २७ गते ३:४७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी