नानी थापाको अभिनय र निर्देशनमा म बाँचे कैको भिडियो सार्वजनिक प्रमोद खरेलको स्वरमा म बाँचे कै (भिडियो सहित)

इनेप्लिज २०७३ पुष २९ गते १०:४१ मा प्रकाशित

मनोज थापा
काठमाडौं÷अभिनय विद्यामा नानी थापाको प्रशंसा जति गरेपनि सायद कमै हुन्छ होला । अभिनय, लेखन र निर्देशन विद्यामा पोख्त नानी थापाको अभिनय र निर्देशन रहेको आधुनिक म बाँचेकोको म्युजिक भिडियो सार्वजनिक भएको छ । नानीको अभिनय मात्र होइन निर्देशन पक्ष पनि उत्कृष्ठ रहेको छ ।


चर्चित गायक प्रमोद खरेलको स्वर रहेको यस गीतमा एकनारायण भण्डारीको शब्द सृजना रहेको छ । यस गीतमा संगीत भने आशिष अविरलको रहेको छ । दुई दशकदेखी फोटोग्राफी तथा भिडियोग्राफीमा चर्चित रहेका कमल कोइरालाको छायांकन रहेको छ । लोटस इन्टरटेन्टमेन्टले निर्माण गरेको म्युजिक भिडियोमा नानी थापाको अलवा अविन, प्रकाश र नितान्तको अभिनय रहेको छ ।

 

प्रतिक्रिया