प्रदिप नेपालको उपन्यास आमाको मन सार्वजनिक

इनेप्लिज २०७३ पुष २९ गते १२:०९ मा प्रकाशित

 

काठमाडौ, २८ पुस । नेपाली राजनीतिक फाँटका मात्रै नभएर साहित्य क्षेत्रका बहुआयामिक सर्जक प्रदिप नेपालद्धारा रचित उपन्यास‘आमाको मन’ राजधानीमा बिमोचन गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको बिमोचन कार्यक्रममा पार्टीका शिर्षनेताको उपस्थिति थियो ।

६४ औँ जन्म जयन्तिको अवसमा बिमोचन गरिएको उपन्यास ‘आमाको मन’ कृतिका हिसाबमा ४६ औँ कृति हो ।
पार्टी अध्यक्ष के पि शर्मा ओलीले प्रपाल र आफ्नो सम्बन्त्र जेलनेल देखि भएको भन्दै पहिले मिठो स्वरमा गीत गाएको सुनेको बताए ।

र उनले भने,‘यति मिठो स्वर भएको भए अहिले पनि गाएर सुनाई दिन्थे, गाउन पनि छोड्ने थिएन्।’ यसरी ओली बोली रहँदा दर्शक दिर्घामा रहेका कवि, नेताकार्यकर्ता पेटमिचि मिचि हासेका थिए ।

प्रतिक्रिया