आमा सपना देख्न पनि पावरवाला चश्मा चाहिदो रहेछ

इनेप्लिज २०७३ माघ १ गते ०:५२ मा प्रकाशित

 

आमा सपना देख्न पनि पावरवाला चश्मा चाहिदो रहेछ ,
आमा उजाड मरुभुमिमा, भिडहरुमा एक्लिएको म
गतिलो सपना देख्न पनि भल भल आसुँ झारेर रुनुपर्दोरहेछ ,, 
अनि शहरमा भेटिने फूटपाथेहरुसित हात मिलाएर
आफ्नो सपनाको लाज ढाक्नु पर्दोरहेछ ,
आमा
तिमीले पनि ठुलो सपना देखेकी थियौ ,
तिमीले पनि ठुलो सपना देख्दा प्रसव पीडा भोगेकै थियौ ,,
बार बार रोएकै थियौ ,
बार बार चिच्याएकै थियौ ,
त्यो दर्दमा चिच्याउदा तिमीलाई कसैले पागल आईमाई पनि भने होलान् ।
आज म पनि सपना देखिरहेको छु आमा ,
तर सपना स्वार्थीहरुको जमातमा बचाउनुछ ,,
दानवहरुको भिडमा बचाउनुछ ,,
आसुमा दलाली गर्ने दलालहरुको बिचमा सपना जोगाउनुछ ,
आमा
म सपनाको संसारमा बाँच्न सकेन त्यसैले तिमीदेखी टाढा छु ,
बिपनाको अस्तव्यस्ततामा पनि हास्न सकेन त्यसैले म एक्लिएको छु ,,
आमा तिमी
केराको पातले छाता ओढेर आकाशका तारा नगन्नु ,
तारा झरेर तिमीलाई झन रुवाउन सक्छन ,,
आमा तिम्रो पिडा म बुझेको छु तर बुझेर पनि बुझ पचाएको छु ,
आमा जति पिडाका आसु बगे पनि धोतीको टुप्पाले आसु पुछ्नु ,,
तिम्रो आसुँ बेचेर दलालहरुले दलाली गर्नेछन् ,
त्यसैले आसु पनि जोगाएर राख्नु है आमा
आमा जहाँ प्रिथिवी छ त्यहा सूर्य छ ,
जहाँ म छु त्यहा तिम्रो धड्कन छ ,,
आमा सपना बुनेर सधैं नरुनु किन कि तिम्रो सपना गिद्दहरुले लुछ्न सक्छन् ,
आमा आसु सधैं नबगाउनु ब्वासाहरुले जुस बनाएर तिम्रो आँसु पिउन सक्छन् ,,
त्यसैले
आमा तिम्रो आसु त पुछ्न सकेन तर तिमी जस्तै सयौ आमाहरुको आसु पुछ्नेछु
आमा तिमीजस्तै सयौ आमाहरुको सपना पुरा गरी अाउनेछु ,,,,,,,,,,

प्रतिक्रिया