सान फ्रान्सिस्को बे एरियामा “प्रथम लायन्स मल्टिपल स्पोर्ट्स फेस्टिभल”को उद्धघाटन भब्यरुपमा संपन्न।

इनेप्लिज २०७३ माघ २ गते १२:४० मा प्रकाशित

स्थानीय प्रतिनिधि , जनवरी १४, २०१७, सान फ्रान्सिस्को बे एरियामा स्थापित पाँचवटा  नेपाली लायन्स क्लबहरुको संयुक्त आयोजनामा मोर्गन हिलको खेल मैदान  र ओहलोन कालेजको जिम्नाजियममा यही जनवरी १४ र १५ मा भलिबल, सकर, क्रिकेट र टेबलटेनिसको प्रतियोगिता भब्यताको साथ आयोजना हुदैछ।

“प्रथम लायन्स मल्टिपल स्पोर्ट्स फेस्टिभल”को नाममा आयोजित  यस बृहत् खेलको पहिलो दिनको उद्धघाटन समारोह मोर्गन हिलको सकर खेल मैदानमा आज भब्यताको साथ संपन्न भएको छ।  करिब पाँच सय जनाको उपस्थितिमा लायन्स क्लब डिस्ट्रिक्ट ४सी ३ का गभर्नर यान भल्टारले एक किक गोल गरेर मल्टिपल स्पोर्ट्स फेस्टिभलको उद्धघाटन गरेका थिए।

 

साथै वहाले गत बर्ष बर्कली अन्नपूर्णाका अध्यक्ष र हालको जॉन चियरमैन ध्रुब थापाको पहलमा आखा जाँचने उपकरण  किन्न अर्थ संकलन गरेको र डिस्ट्रिकले समेत सो  उपकरण किन्न म्याचिंग फण्ड अंतरास्ट्रीय लायन्स क्लबबाट लिएर खरीद गर्न सफल भएको हुदा सोही उद्धघाटन समारोहमा बर्तमान क्लबका अध्यक्ष मनिल बाबु श्रेष्ठलाई हस्तांतरण गरियो।  उक्त आखा जाचने उपकरण बे एरियामा रहेका नेपाली समुदायको र यहि बर्षको नोभेम्बर महिनामा नेपालको कुनै एक स्थानमा  समेत आँखा जाचने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। उद्धघाटन कार्यक्रममा  प्रथम भाइस डिस्ट्रिक गवर्नर राजेन थापा लगायत पाच वटै नेपाली लायन्स क्लबका प्रतिनिधि, खेलाड़ी , स्वमसेवक र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

उद्धघाटन कार्यक्रमको संचालन लीना बोब्बाले गरेकी थिइन भने यस खेलको प्रमुख संयोजकमा फ्रीमॉन्ट सागरमाथाका गगन पाण्डेले धेरै उत्कृष्ट तारिकामा खेलको संम्मूर्ण कार्यक्रममालाई ब्यवस्थित तरिकाले सञ्चालन गर्न आफु लगायत सम्पूर्ण टिमलाई परिचालन गरेका थिए।

 

“प्रथम मल्टिपल स्पोर्ट्स फेस्टिभलमा सहभागी हुन उटाह , आइडाहो, सियाटल , लॉस एंजल्स , बृहत् सानफ्रांसिस्को बे एरियाका बिभिन्न क्लब र संघ संस्थाको टीमहरुले सहभागिता जनॉएको थियो।

भलिबल खेलका संयोजक सुरेंद्र मल्लले दिएको जानकारी अनुसार अहिले हुदै गरेको भलिबल नेपालको राष्ट्रीय कोच केशबलाल श्रेष्ठको स्मृतिमामा राखिएको हो।  सो खेल फ्रीमांट  स्थित ओहोलोन कालेजको जिम्नाजियममा आयोजना हुदै छ जस्को फाइनल खेल भोली जनवरी १५ मा हुनेछ   । त्यसै गरि अन्य सम्पूर्ण खेलहरुको फाइनल खेल जनवरी १५ को  दिन माथि उल्लेखित र निर्धारित खेल मैदानमा हुनेछ।

“प्रथम मल्टिपल स्पोर्ट्स फेस्टिभल”खेलकुद कार्यक्रमको अन्तिम दिन जनवरी १५, आइतवारको बेलुकी सन्निभेल स्थित  २५० जाभा ड्राइव को हलमा मा पुरस्कार वितरण एवम सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । सो पुरस्कार बितरण र सांस्कृतिक कार्यक्रम साँझमा प्रमुख अतिथिको रूपमा NRN ICC का उपाध्यक्ष श्री कुमार पन्तज्यूको पनि उपस्थिति रहने व्यहोरा जानकारी आयोजक समितिले दिएको छ।  यो भिन्नै खाले कार्यक्रम भएको र स्थानीय संघ संस्थाका सम्पूर्ण प्रतिनिधिहरुलाई समेत उपस्थितिको लागि अनुरोध गर्दछ।  हाम्रै आफ्नै युवा खेलाडीहरुलाई र कलाकारहरुलाई हौसला प्रदान गर्न आयोजक समिति यास क्षेत्रमा बसने सबैलाई उपस्थित भै दिनु हुन समेत विनम्र अनुरोध गर्दछ ।

साँझको कार्यक्रमस्थल: 250 E Java Drive  Sunnyvale , CA समय: बेलुकी ६ बजे बिबिध मंरोजनात्मक सांस्कृतिक कार्यक्रममा र पुरस्कार बितरण समारोह भब्यरुपमा हुदैछ।  कार्यक्रम र रात्रि भोजको लागि मात्र $25 को टिकट राखिएको छ जुन यहॉले उक्त स्थानमैं आएर समेत लिन सक्नु हुनेछ।

पहिलो पल्ट बे एरियामा कृयासिल ५ वटै लायन्स क्लबको संयुक्त आयोजनामा बृहत खेलकुद मेलामा जस्ले,जहाँ,जसरि सहयोग गर्न सक्नु हुँन्छ,सहयोग गर्नु होला।यहाँहरु सबैबाट सहयोगको अपेक्षाँ सहित निमन्त्रणागर्दछौं भनिआयोजक समितिले फेसबुक मार्फत समेत अनुरोध गरेका छन जस्मा अझ थप जानकारी सहित लेखिएको छ, “ यहि January 14, 15 मा यो बे यरिया मा छुट्टै प्रकार मनोरन्जन हुनेछ, जुन अविस्मरणिय, फलदायी र सनसनीपूर्ण हुनेमा दुई मत छैन। हाम्रा स्थानिय खेलाडीहरुको शिप र जाङ्गरलाई चार चाँद लाउने अपेक्षा राखिएको यो खेलकुद महोत्सव एउटा अभूतपूर्व उत्सव हुने छ। के बाल, के बुढा, के केटा, के केटी , युवा युवतिको ढुकढुकी हुने छ यो महोत्सव। बे एरियाका सम्पूर्ण प्रियहरुलाई प्रथम लायन्स खेलकुद महोस्तसवमा सहभागि हुन हार्दिक आव्हान गर्दछौँ।

प्रतिक्रिया