अमेरिकामा पति ,पत्नी र छोराको समेत जन्म दिन एकै दिन परेको संयोग

इनेप्लिज २०७३ माघ २ गते १३:५१ मा प्रकाशित

अमेरिकाको मिसिसिपी राज्यको एक सहरमा आश्चर्यजनक संयोग हुन् पुगेको छ l लोग्ने स्वास्नीको जन्म दिन महिनाको एकै तारिखमा परेको छ l मिसिसिपी राज्यको बाल्डविन सहरका दम्पतिको जन्म दिन दिसेम्बर १८ तारिख संयोगबस हुन् पुगेकोमा स्वयम् पति पत्नी आश्चर्यमा परेका थिए l

जन्म दिन एकै दिन मनाउदा समेत समुदायले आश्चर्य ठान्ने गरेको हुदा उनीहरुको छोराको जन्म पनि बाबु आमा कै जन्म दिन दिसेम्बर १८ तारिख मै भएकोले उनीहरु स्वयम् चकित परेका छन् l

उनीहरुले योजना बनाएर सोहि मितिमा आफ्नो सन्तान जन्माउन खोजेको कदापी हैन भनेका छ l पत्नीले आफ्नो गणना अनुसार दिसेम्बर १५ तारिखमा हुने लेखाजोखा गरेकी थिइन् भने चिकित्सकले दिसेम्बर १९ तारिखमा बच्चा जन्मने समय दिएका थिए l

गत दिसेम्बर २४ तारीखमा दम्पति ल्युक गार्नर तथा पत्नी हिलारी गार्नरले आश्चर्य भएर आफ्नो छोरा केड गार्नर को समेत तस्बिर सार्बजनिक गरेका छन् l

यस्तो खालको बिचित्रको संयोग १ लाख ३३ हजार मा मात्र हुने गरेको सांख्यिकीविद् ले बताएका छन् l दम्पतिले गर्भ रहदा सम्म यस मिति नजदिक हुन्छ भन्ने समेत यकिन गरेका थिएनौ भनि अन्तर्वार्तामा भनेका छन् l

उनका छोरा जन्म दिसेम्बर १८ तारिख १० बजेर १ मिनेटमा २७ बर्ष अगाडी आफ्ना मातापिता कै जन्मेको दिनमा भएको छ l पत्नीको जन्म समय पति भन्दा ६ घण्टा अगाडी भएको बताउदै आफ्नी पत्नीको जन्म समय ८ बजेर १० मिनेट र पतिले आफ्नो जन्म समय २ बजेर १० मिनेटमा दिसेम्बर १८ तारिखमा हुन् पुगेको बताएका छन l

दम्पति बन्नु अगाडी जन्म दिवस मनाउने क्रममा उनीहरु साथी भएकोले सामाजिक संजाल मार्फत एकै दिन भएकोले सम्बन्ध गासिन पुगेको बताएका छन l
तस्बिर :जेनेट म्याक कोनगि / /श्रोत एपी

प्रतिक्रिया