एटलान्टामा कुकुरको टोकाई बाट पाठशाला गै रहेका एक बालकको मृत्यु अर्की बालिका गंभीर घाइते

इनेप्लिज २०७३ माघ ६ गते १:३२ मा प्रकाशित

अमेरिकाको एटलान्टामा गत मंगलबार घर बाट पाठशाला जाने क्रममा छिमेकिको कुकुरको आक्रमणमा परि एक बालकको मृत्यु को साथै अर्की बालिका गम्भीर घाईते भएकी छिन् l

कुकुरका मालिकलाई नर हत्याको अभियोग लगाई प्रहरीले पक्राउ गरेको छ l उक्त घटना मार्टिन लुथर किङ्ग जुनियर दक्षिण पश्चिम एटलान्टाको सेरोगल्लिमा घटेको हो l दुई वटा कुकुरले एकै पटक आक्रमण बिहान ७ :३० मिनेट मा गरेको थियो l ३ बिद्यार्थीहरु एफएल स्टानटोन ईलेमेन्टरि बिद्यालय जाने क्रममा कुकुरले दुई जना लाई मात्र आक्रमण गरेको स्थानीय पत्र पत्रिकाले समाचार छापेका छन् l

फुल्टन काउन्टीका पशु नियन्त्रण आधिकारीले पिट बुल मिक्स (मिश्रित )तथा अर्को कुकुर बोर्डर कुली जातको भएको जनाएको छ l कुकुरको टोकाईबाट मृत्यु भएका ६ बर्षिय बालक लोगान ब्राट्ज तथा घाइते भएकी बालिका साइरि स्याण्डर्स भएको बुझिएको छ र बालिकाको स्वास्थ्य सुधार हुने क्रममा रहेको प्रहरीले जानकारी दिएको छ l

बिहानै बच्चाहरु चिच्याएको आवाज सुने पछि सबै जना दौडेर गएका थिए l कुकुर ले जहिले पनि सबै लाई पछ्याउने र भुक्ने गरेको छिमेकिले बताएका थिए l र कुकुर मालिकले जनवरी १८ तारिखमा अदालतमा हाजिर भएका थिए भने उनलाई खराब आचरण बाहेक अनैच्छिक अपराध तथा मानवहत्या को अभियोग लगाइएको छ l

र प्रहरीले उक्त दुई कुकुरलाई समात्ने र घेरा हाल्दै गर्दा भागेकोले कुकुरलाई गोलि पनि हानेका छन् l र प्रहरीले कुकुरलाई पक्राउ पनि गरेको जनाएको सी बिएस४६ मा समाचार छ l

उक्त घटना पछि प्रहरीले हामी अमेरिकामा छौ l कुनै पनि कुकुर छाडा तेश्रो मुलुक जस्तो छोडीनु हुदैन भन्दै हाम्रो कानुन छ l र,आफ्नो घर पालुवा कुकुरलाई आफैले नियन्त्रण गर्नु पर्छ भने l

अमेरिका हरेक बर्ष ४० लाख कुकुरले टोक्ने घटना घट्दछ l जस मध्ये ८ लाख मानिस अस्पताल जानु पर्छ भने त्यसमा आधा जस्तो बालबालिका हुने गर्छन l डग्स बाइट डट ओआरजी अनुसार सन् २००५ देखि २०१५ सम्म कुकुरको टोकाई बाट ३ सय मानिसको ज्यान गएको बताएको छ l पिट बुल्स जातिका कुकुर ले टोकेर मात्र ६४ प्रतिसत को मृत्यु भएको उल्लेख गरेको छ l

स्रोत /तस्बिर : जन स्पिङ्क /सीबिएस४६ 

प्रतिक्रिया