क्यानाडाबाट रजौरे परिवारले पनि पानी अभियानलाई लाख दिने घोषणा

इनेप्लिज २०७३ माघ ६ गते २३:५५ मा प्रकाशित
 लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानको लागि दाङ हलवारका हाल क्यानाडा बस्ने श्री सुरेश रजौरेले आफ्नो वैवाहिक वार्षिकोत्सबको सन्दर्भ पारेर नारा सफल हुनुपर्दछ , पानी अभियानको नारा मात्र सफल हुन सक्यो भने धेरै नेपालको गाउँहरुको बिकास सम्भव छ भन्दै    रु १ लाख सहयोग गर्ने खबर पठाउनु भएको जानकारी क्यानाडाबाट श्री एन बी टन्डनजीले गराउनु भएको छ । पानी अभियानजस्तो पवित्र कार्यमा सहयोग गर्ने खबर पठाउने श्री सुरेश रजौरे साथै  उहाकी धर्म पत्नी श्रीजना (पोखरेल ) रजौरे एवम रजौरे परिवारप्रति  पानी अभियानकर्ताले हार्दिक आभार प्रकट गरिसकेका छन् ।
     स्मरण रहोस् पानी अभियानमा देश बिदेश गरेर हाल सम्म झन्डै २७ (सत्ताइस) लाखको प्रतिवद्दता आइसकेको छ ।
       पानी अभियानकर्ता लेख्छन् ”  पानी छ र त जीवन छ ।  पानी छ र त यो दुनियाँ छ । शरीर पखाल्ने पानी छैन भने मन्दिर भित्र जुता छोड्याएर पस्नुको अर्थ के रह्यो र ? तिमीले आफु दु:ख पाए पनि अरुको लागि राम्रो  सोच यो प्रकृतिले पुर्याउछ रे राम्रो सोचको कारणले गर्दा यो दुनियाँले सुख पाउछ केही गरिदिनु पर्दैन मात्र राम्रो काम गर्नेको कुभलो नसोचे हुन्छ । कम से कम हामी विदेशिएका हरुले केही गर्न नसके पनि राम्रो सोचे हुन्छ । स्वीजरल्यान्डको पहाड पनि पहाडै हो नेपालको पहाड पनि पहाडै हो । यो दुनियाँमा जुन सुकै  माटो होस् त्यो माटोलाई श्रद्दा गर्न सके मात्र हाम्रो कल्याण छ । आफ्नो माटो सबैलाई प्यारो छ । हो त्यही माटो सम्झने सोचको बिकास हुने क्रममा जन्म भएको हो यो पानी अभियान । यत्रो वर्ष त सधैं दु:ख गरियो प्रकृतिको लागि दु:ख कम गरियो कि भनेर शुरु भयो पानी अभियान ।  यो दुनियाँ विस्तारै जाग्दैछ हिजो धारे हात लगाएर गाली गर्नेहरु अब चुप लाग्दैछन् तर तिनिहरुको घरमा पनि धारो पुग्नैपर्दछ । पानी अभियानको शुरुवाती गाउँ सफल पारेर पुरै देश भरि सरकारले नारा पुरा कस्सिनै पर्दछ । सधैं देश गरीब भो भनेर कुर्लिएर भएन काम त गर्नै पर्दछ । दुनिया   जाग्यो भने असम्भब त केहि छैन । मंगल् ग्रहमा वस्ती बसाल्छु भन्ने हरु हो एक पटक यो प्रिथिवीमा   पानी अभियानको नारा सफल पारेर हेर त यो प्रिथिवी कस्तो बन्दछ ? सधैं चन्द्रमाको कुरा गर्ने हो एक पटक पानी अभियान नारा बारे कुरा एवम पुरा  गरेर त हेर यो प्रिथिवी कस्तो बन्दछ ? असम्भव केही छैन ! “

प्रतिक्रिया