ट्रंपको औपचारिक उद्धघाटन पूर्व सन्ध्याका कार्यक्रम डीसीमा सुरु (बिशेष तस्बिर सहित )

इनेप्लिज २०७३ माघ ७ गते ०:१८ मा प्रकाशित

जनवरी १९ ,निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप सपरिवार डीसी न्युयोर्क बाट पुगेका छन् l डीसी आफुले मन पराएको सेनाको बिशेष हवाई जहाज बाट तीन दिने औपचारिक उद्धघाटन को लागि पुगेका हुन् l

उनलाई डिसीमा वायु सेना ले सलाम दिई सकेको छ भने ओबामाले व्हाइट हाउस खाली गरि सकेका छन् l औपचारिक उद्धघाटन को पूर्व सन्ध्यामा व्यापक चहल पहल सुरु भएको छ l

डीसी स्थित उनको अतिथि गृह (होटल )मा ट्रंपले दिवा भोज उनका उच्च स्तरीय अधिकारीहरु संग लिएका छन् l ट्रंप को सार्बजनिक औपचारिक उद्धघाटन आजै देखि सुरु भै सकेको छ भने उनले अर्लिंगटन राष्ट्रिय समाधि स्थलमा गै पुष्प गुच्छा अर्पण गरेका छन् l उनका साथमा उप राष्ट्रपति पेन्स पनि संगै गएका थिए l

यसै गरि डीसी स्थित लिङ्कन स्मारकमा उनका परिवार सहित अमेरिकाका प्रख्यात गायक तथा गायिका द्वारा आयोजित विविध सांगीतिक कार्यक्रममा सहभागी भएका छन् l उक्त स्मारकमा ट्रंपले पटका (आतिशबाजी) को समेत अवलोकन गरेका छन् l

प्रतिक्रिया