रिमिक्स शैलीमा गायक भुपु पाण्डको ‘एक्सेप्ट गर…’

इनेप्लिज २०७३ माघ ८ गते ९:१९ मा प्रकाशित

काठमाडौं । भर्सटाइल सिङ्गर भुपु पाण्डेले ‘डान्स प्याटर्न’मा ‘एक्सेप्ट गर…जेपीटी मेरो वालमा ट्याग नगर’ बोलको गीत बजारमा ल्याएका छन् ।

यूट्युब च्यान जिनियसमार्फत शुक्रबार राति रिलिज गरिएको यो गीतबाट अहिलेसम्म राम्रो रेस्पोन्स आएको गायक पाण्डेले बताए ।

गीतमा पाण्डेलाई केटीको स्वरमा संगीता थापाले साथ दिएकी छिन् । भारतीय रिमिक्स गीतहरूको नेपाली दर्शक स्रोतामा दब्दबा बनाइ रहेका बेला गायक पाण्डेले बलिउडका डान्स प्याटर्नका रिमिक्स गीतलाई टक्कर दिने गरी बनाएका हुन् ।

म्यूजिक भिडियोको छायाँकन कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयको प्राङ्गणमा गरिएको हो । म्युजिक भिडियोमा एलिसा राई, सुरज कुशुम्या, अर्जुन जिसी, प्रदीप चौधरी, सुवास थारु सहितको टिमले मोडलिङ गरेका छन् ।

‘एक्सेप्ट गर…जेपीटी मेरो वालमा ट्याग नगर…’ बोलको यो गीतका रचनाकार शब्द एकेन्द्र खड्का र संगीत गायक पाण्डे नै हुन् । गीतको एरेञ्ज र मिक्सिङ नरेन्द्र वियोगीले गरेका छन् । रेकर्डिस्ट समिर कार्की हुन् भने रेकर्डिङ ‘द पेक’मा गरिएको गायक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया