जातीय इस्लाम आतंकवाद पृथ्वी बाट उन्मुलन गर्न चाहना :राष्ट्रपति डोनाल्ड ट्रम्प

इनेप्लिज २०७३ माघ ९ गते १:०० मा प्रकाशित

जनवरी २१ ,राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकाय(सीआईए )का उच्च पदाधिकारीहरु संग भर्जिनिया स्थित मुख्यालय ल्याङ्ग्ले मा भेटघाट गरेका छन् l

उनले मन्तब्य को क्रममा म तपाईहरु संग एक हजार प्रतिसत साथमा छु भनेका छन् l उनले आफ्ना कुराहरु राख्ने क्रममा विश्वले सामना गरि रहेको जातीय इस्लाम आतंकवाद पृथ्वी बाट उन्मुलन गर्न चाहना रहेको विचार राखे l उनले यो दुष्ट हो भनि अगाडी कुरा थपेको समाचार सीएनएन मा छ l

राष्ट्रपति ट्रम्पले कर्मचारीलाई तपाईहरुको साथमा छु भनि बिश्वस्त दिलाएका छन् l उनले आफ्ना भनाईको अन्त्यमा म तपाईहरुलाई माया गर्छु ,म तपाईहरुलाई आदर गर्छु l हामी अब फेरी जित्न सुरु गर्ने छौ l तपाईहरु यसको नेतृत्व गर्नु हुने छन् भन्ने क्रममा कर्तल ध्वनि द्वारा उनलाई सम्मान गरेका थिए l

उनले स्मारक पर्खाल को अगाडी १ सय १७ जना अमेरिकी गुप्तचर निकायका कर्तब्य पालनको क्रममा जीवन गुमाएका लाई सम्मान गरेका थिए l झन्डै ३ सय जासुस अधिकारीहरु उपस्थित रहेको उक्त समारोहमा यो पछाडीको पर्खाल मेरो लागि धेरै धेरै बिशेष रहेको बताएका थिए l उप राष्ट्रपति माइक पेन्सले पनि बोलेका थिए l

प्रतिक्रिया