रामपुर महोत्सवमा रु चौध करोड भन्दा बढीको कारोबार

इनेप्लिज २०७३ माघ ९ गते ६:५६ मा प्रकाशित

रामपुर (पाल्पा), ९ माघ । पाल्पाको रामपुरमा सञ्चालन भएको प्रथम रामपुर महोत्सवमा रु १४ करोड भन्दा बढीको कारोबार भएको छ ।
गत पुस २७ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन भएको मेलामा व्यापारिक कक्षतर्पm रु ११ करोड ६५ लाख ५० हजार, होटेल तथा रेस्टरेन्टतर्फ रु ४९ लाख ५० हजार, बाल उद्यानतर्फ रु ४१ लाख ५० हजार र टिकटतर्फ रु ३२ लाख दुई हजार ५७५ गरी रु १२ करोड ८८ लाख ५२ हजार ५७५ बराबरको कारोबार भएको छ ।

त्यस्तै अटोमोबाइल्सबाट रु एक करोड ४८ लाख ५० हजार बराबरको कारोबार भएको छ । मेला अवधिभर जम्मा रु १४ करोड ३७ लाख दुई हजार ५७५ बराबरको कारोबार भएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेलाका संयोजक भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । मेला दुई लाख दर्शकले अवलोकन गरेको अनुमान आयोजककोे छ ।

प्रतिक्रिया