जीवनका रंगहरु( Colors of Life)

इनेप्लिज २०७३ माघ १८ गते २:२३ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l

यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ -मेरिल्याण्ड राज्यमा बसोबास गर्नु हुने सरोज थापा एवम् विमला थापा l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१. जीवन (Life) के हो ?
जीवन भनेको एउटा संगम स्थल हो जुन सुख दु:ख हॉसो र ऑसु मिलेर बनेको हुन्छ तसर्थ मानिसले यी सबैलाई स्वीकार्न सक्नु पर्दछ अनिमात्र जीवन जिउन भरोसा र उत्साह मिल्दछ।

२. खुशी (Happiness) के हो ?
खुशी भनेको सकारात्मक सोच र आत्मविश्वासको प्रतिफल हो तसर्थ खुशी हामी आफुभित्रै लुकेको हुन्छ यो कसैले कसैबाट पाउने र कसैलाई दिन सकिने वस्तु होईन। आज जो कोही पनी खुशी छैन भने नकारात्मक सोच र खुशी बाहिर खोज्दै हिड्नाले नै हो त्येसैले खुशी आफु भित्रनै खोजौं र आफ्नो असंतुष्टिका कारण अरू लाई नबनाउं।

३. कर्तब्य (Responsibility) के हो ?
कर्तब्य एक अर्का प्रतिको माया प्रेम र सद्भावले भरिएको समर्पण हो जहॉ कुनै शर्त र स्वार्थशिद्धिका उद्देश्यहरु रहेका हुंदैनन र कुनै स्वार्थ शिद्धिको उपदेश बिना कर्तब्यको पालना गरी एक अर्काको हृदयमा एक अर्काप्रती प्रेम, सद्भाव, बिस्वाश र मायाको अंकुर पलाएको हुन्छ ।

४. सम्बन्ध (Relationship) के हो ?
संबन्ध भनेको घर परिवार, छरछिमेकी र संघी साथिहरू संग को नाता हो जसलाई मायॉ,प्रेम, सद्भाव , अनुशासन र मर्यादाको पोयाहरू बाट बाटियेको डोरीले बॉधेर एकआपसमा जोडेको हुन्छ जुन सानो लापरवाही र ब्यभीचारका छुराहरूले एकझड्कामा काटिन र क्षणभरनै छताछुल्ल हुनजान्छ तसर्थ संबन्ध लाई जीवन्त राख्न सदा अनुसाशित र मर्यादित हुन जरूरी छ।

५. आत्मियता (Intimacy) के हो ?
आत्मियता ईश्वरको उपासना हो जहां जो कोही बिच आत्मियता हुन्छ त्यो स्थानमा ईश्वरको बास हुन्छ अनी त्यो स्थान मंदिर जस्तै पवित्र पूण्यभुमी सरह हुन्छ तसर्थ स्वार्थ, कपट र द्वेसको भावलाई त्यागी अत्मियता बडाऔं।

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रंगहरुभरिउन, सफलताले शिखर चुमुन अनी आत्म्विश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रतिक्रिया