तामाङसेलोका नायक प्रयास दोङको दिम शाङ्गबरी गितको म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७३ माघ १८ गते १०:२० मा प्रकाशित

 

तामाङसेलोका नायक प्रयास दोङको दिम शाङ्गबरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिष्पर्धी दुनियाँमा होमिएका दोङले गायन क्षेत्रमा  तामाङहरुको लोप हुँदै गएको संस्कृतिलाई जोगाउन संदेश मुलुक गीत संगीत प्रस्तुत गर्दै आएका छन् ।

हालसालै सामाजिक सञ्जालमा सार्वजनिक भएको दिम शाङ्गबरी बोलको गीतमा गायक प्रयास दोङ र गायिका सुस्मिता स्याङ्तानको आवाज रहेको छ । तामाङसेलो शैलीमा रचिएको गीतमा गायक दोङको आफ्नै शब्द संगित रहेको छ ।

न्होर्वु शेर्पाको संगित संयोजनलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।

सार्वजनिक भएको भिडियोमा सुष्मा र प्रवेश लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रतीक ङ्गेसुरको कोरियोग्राफी रहेको भिडियोलाई बिक्रम लामाले छायांकन गरेका हुन् ।

दिपक तामाङ र बिक्रम लामाको सम्पादनलाई मूर्त रुप दिएका छन् निर्देशक प्रेम लामाले । तामाङसेलो संस्कृतिलाई जगेर्ना गर्न प्रयास दोङको प्रस्तुती सराहनीय छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया