प्रियंका कार्की अब बलिउडमा (भिडियो)

इनेप्लिज २०७३ माघ २० गते २३:४७ मा प्रकाशित

 

काठमाडौं । नेपालकी चर्चित नायिका प्रियंका कार्की एक भारतीय विज्ञापनमा देखिएकी छन् ।हिन्दी भाषामा निर्माण भएको ‘इटो चाउचाउ’को विज्ञापनमा उनले अभिनय गरेकी हुन् । ४० सेकेन्डको उक्त प्रमोसनल विज्ञापन अभिनयमा उनलाई बलिउडका दुई बाल कलाकारले साथ दिएका छन् ।

विज्ञापनमा उनले हिन्दी शब्दमा केही डाइलग समेत बोलेकी छन् । उनले बोलेको शब्द र अभिनय विज्ञापनका लागि प्रफेट देखिएको छ ।भारतीय विज्ञापनमा पहिलो पटक देखिएकी प्रियंकालाई यससँगै अब बलिउड अभिनयका लागि ढोका खोलिदिएको छ ।

भिडियो:

प्रतिक्रिया